सुनचाँदीको मूल्य फेरि बढ्यो


 



काठमाडौं, कात्तिक २५
नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ । सुन आज तोलामा दुई सय रुपैयाँ बढ्दै प्रतितोला ७१ हजार दुई सय रुपैयाँ पुगेको छ । सुन हिजो प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ बढ्दै प्रतितोला आठ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २५ कार्तिक २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्