आफ्नै रेकर्ड तोड्दै अक्षय कुमार


 


एजेन्सी
बलिउड अभिनेता अक्षय कुमारले यसपटक फेरि आफ्नै रेकर्ड तोड्दै छन् । बक्स अफिसमा उनले तहल्का मच्चाउँदैछन् । सन २०१९ मा रिलिज भएको अक्षय कुमारका सबै फिल्मले बक्स अफिसमा राम्रो कमाई गरेका छन् ।

यही वर्ष रिलिज भएको ‘मिसन मंगल’ उनको करिअरकै सबैभन्दा बढी कमाउने फिल्म बनेको छ । यो फिल्मले २०२ करोड भारु कमाएको थियो ।

तर, अब यो रेकर्डलाई ‘हाउसफुल ४’ ले छोटो समयमै तोड्दैछ । फिल्मले रिलिजको तेस्रो सातासम्ममा १९८ करोड कमाइसकेको छ । कमेडीसहित रहको यो फिल्मले दर्शकको साथ राम्रो पाएको छ ।

प्रकाशित मिति: २६ कार्तिक २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्