वडाध्यक्षले पाँच लाख घुस लिएको आरोप


 



भरतपुर, कात्तिक २७
चितवनको भरतपुर महानगरापलिका वडा नम्बर६ का वडाध्यक्ष विनोद रेग्मीले पाँच लाख रुपैयाँ घुस खाएको आरोप लागेको छ । महानगरपालिकाको वडा नम्बर १० मा सञ्चालित मुना बचत तथा ऋण सहकारी संस्थाको शाखा कार्यालय खोल्न उनले घुस खाएको बचतकर्ताहरुले आरोप लगाएका छन् ।

कानूनविपरित सहकारीको शाखा खोल्न अनुमति दिने र विभिन्न सञ्चारमाध्यममा समाचार आउादासमेत वडाध्यक्ष रेग्मीले चासो नदिनुले उनले गैरकानूनी रुपमा पाँच लाख घुस लिएको र सहकारी सञ्चालन गर्न कानूनविपरित अनुमति दिएको उनीहरुको आरोप छ ।

वडाध्यक्ष रेग्मीले भने सो आरोप निराधार रहेको दाबी गरेका छन् । आफ्नो रकम असुरक्षित रहेको भन्दै मुना सहकारीका बचतकर्ताहरुले आफ्नो रकम धमाधम झिक्न थालेका छन् । संस्थाले हालसम्म बचतकर्तालाई करिब एक करोड रुपैयाँ फिर्ता दिइसकेको स्रोतले जनाएको छ ।

सो सहकारीका अध्यक्ष र व्यवस्थापकको मिलेमतोमा करोडौंको रकम हिनामिना भइरहेको भन्ने समाचार बाहिर आएपछि भरतपुर महानगरपालिका सहकारी सहकारी शाखाले पनि ध्यानाकर्षण र्भएको जनाएको छ । सहकारी शाखाले सो सहकारीको आर्थिक अवस्थाबारे छानविन गरि ३५ दिनभित्र महानगरपालिकामा प्रतिवेदन बुझाउने गरि छानविन समितिसमेत गठन गरको सहकारी शाखा प्रमुख रामबाबु पौडेलले बताए ।

गत वर्ष असारमा सहकारीको शाखा कार्यालय सञ्चालन गर्न वडाध्यक्ष रेग्मीले अनुमति दिएका थिए । तर, कनैपनि सहकारी संस्था सञ्चालनका लागि एकै नगरपालिका भित्र भए नगरपालिका र दुई वटा नगरपालिका कार्यक्षेत्र पर्ने भए प्रदेश सरकारले अनुमति दिनुपर्ने व्यवस्था छ ।

प्रकाशित मिति: २७ कार्तिक २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्