दुग्ध विकासमा जाखिर खुल्यो, माग्यो अधिकृतसहित एक सय २३ कर्मचारी (सूचनासहित)


 



काठमाडौं, कात्तिक २९
दुग्ध विकास संस्थानले एक सय २३ जना कर्मचारी माग गरेको छ । संस्थानले शुक्रबार एक सूचना जारी गर्दै अधिकृतस्तरमा ३३ जना र सहायकस्तरका ९० जना कर्मचारी माग गरेको हो ।

आन्तरिक प्रतियोगिता, खुला तथा समावेशी पदको प्रतियोगितात्मक परीक्षद्वारा स्थायी पदपूर्ति गरिने संस्थानको पदपूर्ति समितिले जारी गरेको सूचनामा उल्लेख छ । इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले आगामी मंसिर १९ गतेभित्र र दोब्बर दस्तुर तिरेर मंसिर २६ गतेभित्र आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति: २९ कार्तिक २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्