सुनचाँदीको मूल्य आज घट्यो, हेर्नुहोस् कति छ ?


 



काठमाडौं, कात्तिक २९
नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा दुई सय रुपैयाँ घट्दै प्रतितोला ७१ हजार आठ सय रुपैयाँमा झरेको छ । सुन हिजो प्रतितोला ७२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ घट्दै प्रतितोला आठ सय ५५ रुपैयाँ पुगेको छ । चाँदी हिजो प्रतितोला आठ सय ६० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २९ कार्तिक २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्