ऋतिकले बढाए आफ्नो पारिश्रमिक, एक फिल्म खेलेवापत कति ?




बलिउडका स्टार कलार अभिनेता ऋतिक रोशनले आफ्नो पारिश्रमिक बढाएका छन् । ‘सुपर ३० र ‘वार’ फिल्मपछि बलिउडमा उनको माग बढेको छ ।

यसंगै उनले आफ्नो पारिश्रमिक पनि बढाएका छन् । हालसम्म उनको फिल्म ‘वार’ यस वर्षकै सबैभन्दा बढी कमाई गरेको छ । यो फिल्मको अर्को सिक्वेल पनि आउने भएको छ ।

उनलाई लिएर सञ्जल लीला भंसाली, आनन्द राय, फराह खान, आदित्य चोपडा, करण जौहर र साजिद नाडियाडवााले फिल्म बनाउने हल्ला चलेको छ ।

यही चलिरहँदा अभिनेता ऋतिकले पनि आफ्नो पारिश्रमिक बढाएका हु्न । अब उनले एक फिल्म खेलेवापत २८ मिलियन डलर लिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2019 Deshko News