साग भलिबल आजदेखि सुरु, उत्कृष्ट नतिजा ल्याउने दाउँमा नेपाली महिला टोली


 



काठमाडौं, मंसिर ११
१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत भलिबलका खेल आजदेखि सुरु हुँदैछन् । प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुन लागेको हो ।

बुधबार हुने महिलातर्फको उद्घाटन खेलमा नेपालले बंगलादेशको सामना गर्नेछ । महिलातर्फ नै बुधबार माल्दिभ्स पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।

सागमा नेपाली महिला भलिबल टोलीले यसअघि भएका तीनवटै संस्करणमा कास्य पद जितेको छ । यस पटक भने उत्कृष्ट नतिजा ल्याउने तयारीका साथ अरुण शाहीको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीले अन्तिम तयारी गरिरहेको छ । यसैगरि पुरुषतर्फको खेलमापन नेपालले बुधबार बंगलादेशकै सामना गर्नेछ ।

टोलीको नेतृत्व इम रानाले गरेका छन् । पुरुष टोलीले अहिलेसम्म पदक जित्न सकेको छैन । १३ औं सागको औपचारिक उद्घाटन भने मंसिर १५ गते हुनेछ । अन्य खेलहरु पनि सोही दिनबाटै सुरु हुनेछन् ।

प्रकाशित मिति: ११ मंसिर २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्