जलविद्युत अायाेजनाकाे नयाँ सञ्चालक समिति


 


hydroभाेजपुर, भदाै १०

इर्खुवाखोला लघु जलविद्युत आयोजना चौकीडाँडा भोजपुरको नयाँ संचालक समितिको गठन भएकाे छ ।  यहाँका उपभोक्ताहरूकाे भेलाले गोपिकृष्ण घले पुन अध्यक्षमा चुनिएका छन् भने उपाध्यक्षमा मनराज राई र शर्मिला मगर मनोनित भएका छन्।

सचिबमा सुरज राई, सह-सचिबमा श्रीभक्त राई, कोषाध्यक्षमा जीवन मगर र सदस्यहरुमा केशर बहादुर अधिकारी, चतुरमान बिक, धन बहादुर घले, जनक कुमार राई, करिश्मा मगर, राधिका राई, अबिना राई, भरत राई र लोक बहादुर कटुवाल, चुनिएका छन्।

२८ किलोवाट क्षमताको यो जलबिद्युत् योजनाको गत बर्ष असारमा तत्कालीन पर्यटन तथा नागरिक उड्डयन मंत्री कृपाशुर शेर्पाले औपचारिक उद्घाटन गरेका थिए। अनुमानीत २०० घरमा बिद्युत् सेवा उपलब्ध गराउने यो जलबिद्युत् योजना चौकिडाँडामा संचालनमा रहेका ४ लघु जलबिद्युत् मध्ये सबैभन्दा ठुलो लघु जलबिद्युत् योजना हो।

प्रकाशित मिति: १० भाद्र २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्