बंगलादेशसामु नेपाल निरीह


 


काठमाडौं , मंसिर १८
माल्दिभ्सविरुद्ध सोमबार १० विकेटको रवाफिलो जीत दर्ता गरेको नेपाली महिला क्रिकेट टिम बुधबार बंगलादेशसँग निरीह सावित हुँदै १० विकेटकै हार सहन बाध्य भएको छ । टेष्ट मान्यता प्राप्त बंगलादेशी टोलीसँगको १० विकेटको फराकिलो हारले नेपाली टोलीलाई घरेलु मैदानमा दबाब पर्ने निश्चित भएको छ ।
१३ औं दक्षिण एसियाली खेलकूदको महिला टी २० क्रिकेटको आफ्नो दोस्रो खेलमा पहिलो व्याटिङ गरेको नेपालले ५० रन मात्रै बनाउन सक्यो । १९दशमलव २ ओभर खेलेको नेपालले न्यून स्कोर खडा गर्दा बंगलादेशी खेलाडी मैदानमा पूरै हाबी भए । बंगलादेशले ७दशमलव ४ ओभरमै लक्ष्य पूरा गरेको थियो । नेपालले कुनै पनि विकेट लिन नसक्दा १० विकेटको दुर्लभ हार सहनु परेको थियो ।

प्रकाशित मिति: १८ मंसिर २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्