गौरिकालाई पौडीमा स्वर्ण


 


काठमाडौं, मंसिर १९
१३ औ सागमा पदक आशा गरिएकी नेपाली पौडी खेलाडी गौरिका सिंहले देशले गरेको आशा पूरा गरेकी छन् । बिहीबार महिला पौडीमा गौरिका सिंहले स्वर्ण पदक जित्दै देशलाई सफलता दिलाएकी हुन् ।

ललितपुरको सातदोबाटोस्थित पौडी पोखरीमा भएको प्रीतस्पर्धामा ओलम्पियन सिंहले दुई सय मिटर फ्री स्टाइलको निर्धारित दूरी दुई मिनेट ०५ दशमलव ०६ सेकेण्डमा पूरा गरेकी थिइन् ।

पौडीको व्यक्तिगत प्रतिस्पर्धातर्फ गौरिकाले जितेको यो नै पहिलो स्वर्ण हो । यसअघि नेपालले टिम इभेन्टमा स्वर्ण पदक जितेको थियो । महिला दुई सय मिटर फ्री स्टाइलमा भारतले रजत तथा बङ्गलादेशले कास्य पदक जितेको छ ।

त्यस्तै उसुमा जुनी राईले स्वर्ण पदक जितेकी छिन् । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत उसुको सान्सो ५६ केजी तौल समूहमा जुनीले स्वर्ण पदक जितेकी हुन् । यी दुवै पदक सँगै नेपालले बिहीबार साँझसम्ममा ३४ स्वर्ण जितेको छ ।

पदक तालिकाको अग्रता जोगाउन भने नेपाल असफल भएको छ । भारत ४० स्वर्णसहित कूल ८६ पदक जितेर पदक तालिकाको शीर्ष स्थानमा छ भने ३४ स्वर्णसहित नेपालले ८३ पदक जितेर दोस्रो स्थानमा छ । पाकिस्तान १० स्वर्णसहित ४७ पदकसहित पदक तालिकाको तेस्रो स्थानमा छ ।

प्रकाशित मिति: १९ मंसिर २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्