वित्तीय सम्मेलन : लगानी बढाउन वित्तीय संस्था र बीमा कम्पनीसंग सम्झौता


 



धनगढी, मंसिर २२
सुदूरपश्चिम प्रदेशको धनगढीमा भएको वित्तीय सम्मेलनले सात बुँदे धनगढी घोषणा पत्र जारी गर्नुका साथै वित्तीय तथा बीमाको पहुँच बढाउन बैक तथा वित्तीय संस्था र बीमा संगठनहरुसंग सहमति गरेको छ ।

शुक्रबार सम्पन्न सम्मेलनले सुदूरपश्चिम प्रदेशमा वित्तीय पहुँच बढाउन बैंक तथा वित्तीय संस्थासंग १० बुँदे सहमति र बीमाको पहुँच बढाउन नेपाल बिमक संघ र जीवन बिमक संघसंग आठ बुँदे सहमति गरेको हो । नेपाल बिमक संघ निर्जीवन बीमा कम्पनीको छाता संगठन हो भने जीवन बिमक संघ जीवन बीमा कम्पनीको छाता संगठन हो ।

सम्मेलनको अवसरमा आर्थिक मामिला तथा योजना मन्त्रालयले र बैंक तथा वित्तीय संस्थासंग वित्तीय पहुँच सम्बन्धी सहकार्य गर्न सहकार्य गरेको हो । नेपालको संविधानले मुलुकको दिगो विकासका लागि सार्वजनिक निजी र सहकारी क्षेत्र गरि तीन खम्बे समाजबाद उन्मुख अर्थ नीतिको आधारसिला तय गरेको भन्दै आर्थिक मामिला मन्त्री झपट बोहराले सरकारको दिर्घकालिन सोचलाई साकार पार्न बैंक तथा वित्तीय संस्थासंग सहकार्य गरिएको बताउनुभयो ।

उहाँकाअनुसार प्रदेश सरकारले प्रतलित ऐन कानून, नीति निर्देशनको अधिनमा रहेर आफ्नो देशको वित्तीय स्रोतको परिचालनमा सहधागी गराउन सक्ने, आवश्यक सम्भाव्य र औचित्यका आधारमा शाखा र उपशाखा वा सम्पर्क कार्यालय वा वित्तीय पहुँच अभिवृद्धि गर्न सक्ने, वित्तीय संस्थाहरुले सुरक्षा, पूर्वाधार, सञ्चार र अन्य आवश्यक सेवाको लागि अनुरोध गरेमो आवश्यक सहयोग र समन्वय गर्नुपर्ने, प्रदेशको भूगोल, प्रकृति, व्यवसाय, आवश्यकता र जनताको चाहाना बमोजिम बैंकिङ प्रोडक्टको तर्जुमा जर्नुपर्ने छ ।

त्यस्तै, प्रदेशभर तीब्र आर्थिक विकास र विस्तारका लागि वित्तीय संस्थाले नीतिगत व्यवस्थाको अधिनमा रही अल्प, मध्यम र दिर्घकालिन परियोजना र अन्य सम्भाव्य क्षेत्रमा कर्जा लगानी गर्नुपर्ने, प्रदेशभर सहुलियतपूर्ण कर्जा लगानी आवश्यक ठानेमा प्रदेश सरकार वा स्थानीय तहको सफारिससहित विभिन्न स्थानीय तहका कार्यालयहरुबाट सहुलियतपूर्ण कर्जा लगानी सम्बन्धी कागजात लिन सक्नेलगायत सम्झौता पत्रमा दुई पक्षबीच सम्झौता भएको छ ।

सहमति पत्रमा राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, गोर्खाज फाइनान्स, नेपाल लघु वित्त बैंकर्ष संघ, एनआरएन लघु वित्त वित्तीय संस्था, कालिका लघु वित्त वित्तीय संस्था र नवजीवन सहकारी संस्थाका प्रतिनिधिले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

यस्तै, आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रदेशभर बीमाको पहुँच बढाउन बीमा कम्पनीसंग प्रचलित ऐन कानून, नीति निर्देशनको अधिमा रहेर आफ्नो प्रदेश र आफ्नो प्रदेशका स्थानीय तहहरुसंग सहकारी गर्नुपर्ने सहमति गरेको छ ।

यस्तै, प्रदेश सरकारले बीमा कम्पनीहरुले आवश्यक र औचित्यका आधारमा शाखा वा उपशाखा वा सम्पर्क कार्यालय वा बीमाको पहुँच अभिवृद्धि गर्न अनुरोध गर्न सक्ने, व्यवसायसंग सम्बन्धित आवश्यकताको आधारमा बीमाका प्रोडक्ट समय समयमा नियमकारी निकायबाट स्वीकृति लिई जारी गर्नसक्ने, प्रदेशभर बीमा कम्पनीहरुले बीमाको सचेतना, साक्षरता तथा संस्थाको सामाजिक उत्तरदायित्व कार्यक्रम प्रदेश सरकारसंग सहकार्य गरि सञ्चालन गर्न सक्नेलगायत आठ बुँदे सहमति गरेको छ ।

बीमा सम्बन्धी कार्यक्रमहरुका लागि नेपाल बिमक संघको तर्फबाट संघका सचिव चंकी क्षेत्री र जीवन बिमा संघको तर्फबाट सचिव पोषकराज पौडेल र सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सुमनराज अर्यालले सहमति पत्रमा हस्ताक्षर गर्नुभएको छ । सम्मेलनकै अवसरमा प्रदेशमा वित्तीय क्षेत्रमा योगदान पुर्याउने बैंक तथा वित्तीय संस्थाहरुलाई पनि सम्मान गरिएको छ ।

सुदूरपश्चिममा पहिलो पटक शाखा खोल्ने निजी क्षेत्रको वाािण्ज्य बैंक बैंक अफ काठमाडौं, सबैभन्दा बढी शाखा र कर्जा लगानी गर्ने निजी क्षेत्रको वाणिज्य बैंक एनआईसी बैंक, सबैभन्दा पहिले शाखा खोल्ने निजी क्षेत्रको विकास बैंकमा महालक्ष्मी विकास बैंक, सबैभन्दा बढी शाखा खोल्ने र कर्जा लगानी गर्ने निजी क्षेत्रको विकास बैंकमा कञ्चज डेभलपमेन्ट बैंकलाई सम्मान गरिएको छ ।

त्यस्तै, सुदूरपश्चिममा सबैभन्दा बढी लगानी गर्ने निजी क्षेत्रको वित्त कम्पनी मञ्जुश्री फाइनान्स, सबैभन्दा बढी शाखा भएको एनआरएन लघु वित्त वित्तीय संस्था र जीवन र निजीवन बीमा कम्पनीहरुलाई सम्मेलनको अवसरमा सम्मान गरिएको छ ।

प्रकाशित मिति: २२ मंसिर २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्