नेपालको लक्ष्यमा फेरि बाधक बन्यो भारत


 


पोखरा, मंसिर २३
घरेलु मैदानमा दक्षिण एशियाली महिला फुटबलको उपाधि जित्ने नेपालको लक्ष्यमा फेरि एकपटक भारत बाधक बनेको छ । १३औं सागको फाइनलमा भारतसँग २–० ले हार व्यहोरेपछि नेपाली टोलीको आशा पूरा हुन नसकेको हो ।

पोखरा रंगशालामा सोमबार भएको फाइनलमा भारतसँग पराजित भएसँगै नेपाली टोली रजतमा खुम्चिएको छ। भारतको जितमा दुवै गोल बाला देवीले गरेकी थिइन्।
योसँगै सन् २०१९ मा मात्रै नेपाली महिला टोली तेस्रो पटक अन्तर्राष्ट्रिय उपाधि जित्नबाट बन्चित भएको छ। अर्थात् नेपाली टोली ३ फाइनलमा दोस्रोमै सीमित बन्यो।

यसवर्ष नेपाली टोलीले विराटनगरमा भएको साफ च्याम्पियनसिप र भुवनेश्वरमा भएको हिरो गोल्डकपमा फाइनल खेलेको थियो। साफमा भारतसँग पराजित नेपाल हिरो गोल्डकपमा म्यानमारसँग फाइनलमा पराजित भएको थियो।
सन् १९८६ को एसियन कपबाट अन्तर्राष्ट्रिय फुटबलमा पाइला टेकेको नेपाली महिला फुटबलले त्यसयता जारी सागमा आइपुग्दा नेपालले ९ पल्ट फाइनल खेले पनि उपाधि जित्न भने सकेको छैन ।

प्रकाशित मिति: २३ मंसिर २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्