घरेलु मैदानमा नेपाललाई इतिहास रच्ने अवसर


 


काठमाडौं, मंसिर २४
अहिले केहीबेरपछि दशरथ रंगशालामा सुरु हुने १३ औं साग पुरुष फुटबलको फाइनल खेल नेपालका लागि तेस्रोपटक दक्षिण एशियाली उपाधि जित्ने अवसर बन्नसक्छ । तर, पहिलोपटक फाइनल खेल्न लागेको ‘अन्डरडग’ भूटान उपाधि खडेरी तोड्ने लक्ष्यसहित मैदानमा ओर्लने छ ।
नेपाल दक्षिण एशियाली फुटबलको कुनै पनि प्रतियोगिताको फाइनल पुगेको यो पाँचौंपटक हो । हालसम्म नेपालले सन् १९९३ र २०१६ मा उपाधि जितेको छ । भूटान भने पहिलोपटक फाइनल खेल्दैछ । फिफा वरियतामा १७० औं स्थानको नेपालले १८९ औं स्थानको भूटानलाई लिग चरणमा ४–० ले हराएको हो ।
घरेलु मैदानमा १५ हजारभन्दा बढी दर्शकमाझ नेपाली टोली राष्ट्रिय जर्सीमा मैदान ओर्लँदा ‘बाह्रौं खेलाडी’ मानिने समर्थकको साथ हुनेछ । सुजल श्रेष्ठको कप्तानीमा रहेको टोलीले फुटबलको स्वर्ण हात पारे त्यो नेपाली फुटबलको ठूलो उपलब्धि मानिने छ ।

प्रकाशित मिति: २४ मंसिर २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्