सामाखुशीमा दुईवटा बस ठोक्कियो, केही मानिस च्यापिएको


 


काठमाडौं । काठमाडौंको सामाखुशीमा दुईवटा बस ठोक्किएको छ ।सामाखुसीमा विपरित दिशाबाट आइरहेका बा ५ ख ८२२६ र बा १ ख ८६९३ नम्बरको बस एक आपसमा ठोक्किएका हुन्।

ट्राफिक प्रहरी महाशाखाका अनुसार सोमबार साँझ सवा ६ बजेतिर दुईवटा बस ठोक्किएको हो ।

बस ठोक्किदा केही मानिस च्यापिएको र उद्दारका लागि प्रहरी घटनास्थलमा पुगेको महाशाखाका एसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति: ३० मंसिर २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्