भ्रष्टाचारका आरोपी डीएसपीलाई सफाई


 



काठमाडौं, पुस १
भ्रष्टाचारको आरोप लागेका प्रहरी नायव उपरीक्षक (डीएसपी) श्याम राईले सफाई पाएका छन् । विशेष अदालतका न्यायाधीश कृष्ण गिरी, शान्तिसिंह थापा र चन्द्रबहादुर सारुको संयुक्त इजालासले राईलाई सफाइ दिएको हो।

२०७५ साल असोज २० गते बौद्ध प्रहरीका प्रमुख रहेका बेला १ लाख ४० हजार रकमसहित उनी पक्राउ परेका थिए। राईले भने आफ्नो कार्यकक्षमा आएर बसेका केही समूहले ब्यागमा पैसा छाडेर गएको बताउँदै आएपनि अख्तियारले उनीमाथि मुद्दा दायर गरेको थियो।

प्रकाशित मिति: १ पुस २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्