मानवअधिकार उल्लंघन गर्नेलाई आयोग अध्यक्ष शर्माले दिए गम्भीर चेतावनी


 



पोखरा, पुस १
राष्ट्रिय मानवअधिकार आयोग अध्यक्ष अनूपराज शर्माले मानवअधिकार उल्लंघनकर्ताको नाम सार्वजनिक गर्ने चेतावनी दिएका छन् ।

पोखरामा सोमबार सुरु मानवअधिकार र पत्रकारिता तालिमको उद्घाटन अवसरमा आयोग अध्यक्ष शर्माले मानवअधिकारका घटना उल्लंघन गर्ने दुई सय ४१ जनाको नाम सार्वजनिक गर्ने चेतावनी दिएका हुन् ।

उनले आयोग सरकारलाई गरेका सिफारिसको कार्यान्वयन फितलो हुने गरेको भन्दै त्यसप्रति ध्यान दिन आग्रह गरे । नेपालमा सशस्त्र द्वन्द्वको समयमा १७ हजार जनाको ज्यान गएको र चार हजार बढी मानिस बेपत्ता बनेको तथ्यांक स्मरण गर्दै आयोग उनले नेपालमा विस्तृत शान्तिसम्झौताको नौ वर्षपछि मात्र आयोग बन्नु पनि आफैंमा ढिलाइ भएको बताए ।

आयोगलाई मुद्दा चलाउने अधिकार नभएको भन्दै उनले सरकारले यसप्रति ध्यान दिन उनले जोड दिए । नेपालका राजनीतिक दलले इमानदारिता गुमेको उनले टिप्पणी गरे ।

प्रकाशित मिति: १ पुस २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्