विजुली सर्ट हुँदा आगलागी


 


खोटाङ, पुस १

विद्युत सर्ट हुँदा खोटाङको खोटेहाङ गाउँपालिका–७ खोटाङबजारका माणिकलाल प्रधानको घरमा आगलागी भएको छ ।

प्रधानको मोबाईल र स्टेशनरी पशल सञ्चालन हुँदै आएको घरमा सोमबार राती साँढे १ बजे आगलागी भएको हो । आगलागीमा प्रधानको घरमा सञ्चालित खोटेहाङ गाउँपालिका–६ ईन्द्रेणीपोखरीका रमेश राईको मोबाईल पशल र खोटाङबजारकै घनश्याम फुयालको स्टेशनरी पशल पूर्णरुपमा जलेको गाउँपालिका अध्यक्ष प्रदीप राईले बताए ।

आगलागीमा दुई वटा पसल सञ्चालनमा रहेको प्रधानको घरको तल्लो तलामा पूर्णरुपमा क्षती पुगेको छ । राईको मोबाईल पसल सञ्चालनमा रहेको कोठाबाट आगलागी सुरु भएको थियो ।

मोबाईल पशलमा चार्जमा राखेको विद्युतीय सामग्रीमा विद्युत सट हुँदा आगलागी भएको अनुमान गरिएको छ ।

आगलागीमा घरका मालिक प्रधानको करिब ३० लाख, मोबाईल पशल सञ्चालक राईको १८ लाख र स्टेशनरी सञ्चालक फुयाँलको १५ लाख बराबरको क्षती भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक आमोदकुमार खेरवारले बताए ।

प्रकाशित मिति: १ पुस २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्