सवारी दुर्घटनामा दुई जनाको मृत्यु


 


काठमाडौं, पुस १
धनुषा र रोल्पामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। धनुषाको जनकपुर उपमहानगरपालिका वडा नम्बर १८ मा सोमबार साँझ भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ।

देउरीबाट भुइलतर्फ जाँदै गरेको ज९प ८५६५ नम्बरको मोटरसाइकललाई सोमबार साँझ साढे ६ बजे नम्बर खुल्न नसकेको सवारीसाधनले ठक्कर दिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक जनकपुर–७ कनकपट्टीका ४२ वर्षीय विनोद यादवको उपचारको क्रममा जनकपुर अस्पतालमा मृत्यु भएको छ। मोटरसाइकललाई ठक्कर दिएर सवारीसाधनसहित फरार रहेका चालकको खोजी भइरहेको धनुषा प्रहरीले जनाएको छ।

यसैगरी रोल्पाको रून्टीगढी गाउँपालिका–२ धवलडाँडामा सोमबार राति ट्याक्टर पल्टिदा सोही ट्याक्टरले च्यापिएर चालकको मृत्यु भएको छ। रोल्पाकै सुनिलस्मृती गाँउपालिका–१ घोडागाँउका ३० वर्षीय सोनु नेपालीको घटनास्थलमै मृत्यु भएको हो।

सुर्पालदेखी घोडागाँउतर्फ जाँदै गरेको रा१त २२२१ नम्बरको ट्याक्टर गएराति साढे १० बजे सडकबाट अन्दाजी ५ मिटर तल खसेको थियो।

प्रकाशित मिति: १ पुस २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्