कप्तान ज्ञानेन्द्र मल्लले हाने धनगढीविरुद्ध सतक : पीपीएलकै पहिलो सतक


 



पोखरा, पुष २
पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटमा पाँचौं खेलमा धनगढी ब्लुजविरुद्ध काठमाडौं गोल्डेन वारियर्सका कप्तान ज्ञानेन्द्र मल्लले शतक बनाएका छन्।

यो पीपीएलकै पहिलो शतक हो। ३७ बल खेलेका उनले ८ चौका ९ छक्का हाने। २४ बलमा ५४ रन बनाएका उनले पछिल्लो १३ बलमा ४६ रन हानेका हुन्।

खराब मौसमका कारण १७ ओभरमा झारिएको खेलमा धनगढी ब्लुजले टस जितेर फिल्डिङ रोजेको थियो। काठमाडौंको ओेपनिङ ब्याटिङमा आएका गौरव तमोर ३ बल खेलेर बिना रन आउट भएका थिए। अर्का ओपनर जयकिशन

कोल्सावालाले ३६ बलमा ४६ रन बनाए। उनले ४ चौका २ छक्का हाने। तेस्रो क्रममा ब्याटिङमा आएका अमित श्रेष्ठले २१ बलमा ३४ रन बनाए। सागर ढकालको बलमा आउट हुनअघि उनले ६ चौका १ छक्का हानेका थिए।

यसअघि दुवै खेल हारेको काठमाडौं आज राम्रो ब्याटिङ गर्न सफल भएको हो। पहिलो खेलमा पोखरासँग ९ विकेटले हारेको काठमाडौं दोस्रोे खेलमा बुटवल ब्लास्टरसँग सुपर ओभरमा हारेको थियो। धनगढीले यसअघि विराटनगर टाइटन्सलाई ५ रनले हराएको थियो।

प्रकाशित मिति: २ पुस २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्