भोजपुरमा पहिरोले दु्ई जनाको मृत्यु


 


pahiroभोजपुर, भदौ १८
भोजपुरमा पहिरोले दुई जनाको मृत्यु भएको छ । गएराती परेको अविरल बर्षा पछि गएको पहिरोका कारण भोजपुरको कुलुङ ६ जिमिगाउँका ५८ बर्षिय भरत राई र उनकी ५४ बर्षिया श्रीमती राममनी राईको मृत्यु भएको हो । कुलुङ–९ स्थित खमारेमा जगतमान राईको खेतमा आएको पहिरोले त्यही रहेको घरमा काम गर्ने राई दम्पतीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पहिरोले क्षति पु¥याएको सूचनाको आधारमा कुलुङबाट खटिएको प्रहरी सहायक निरिक्षकको टोली स्थानीयको सहयोगमा पुरिएको घर उत्खनन गर्दा राई दम्पती अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । पहिरोले उनिहरुले पालेको दुईवटा गाई, दुईवटा बाछा र चारवटा भेडा समेत मरेका छन् । राई दम्पतीका ४ छोरा र दुई छोरी छन् ।

तस्बिर भरत कुलुङको फेसबुकबाट

प्रकाशित मिति: १८ भाद्र २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्