कुन राशिका लागि शुभ रहला आजको दिन? हेर्नुहोस राशिफल


 


काठमाडौं, पुस ४
आज मिति २०७६ साल पुष महिनाको ४ गते शुक्रबार, तदअनुसार सन् २०१९ डिसेम्बर २० तारिख, तपाईका लागि आजको दिन कस्तो रहला हेर्नुहोस आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ । रमाइलो र टाढाको यात्राको सम्भावना रहेको ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

शुभ कार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनसक्छ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । शिक्षामा अवरोध आउनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

स्वास्थ्य क्षेत्र निर्बल रहने भएकाले सजगता अपनाउनु नै उचित हुनेछ । काम विगार्नेको सक्रिय रहने देखिन्छ । नियमित खर्चसमेत बढ्ने योग छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आफन्त र मित्रवर्गको सहयोग पाइने नै छ । बन्दव्यापार र साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । सांगितीक क्षेत्रमा रुची बढ्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । पराक्रम बढ्नुका साथै धन लाभका योग पनि देखिन्छन् । प्रेम जीवनपनि सफल रहनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ । अरूको मुख नताकी सही निर्णय लिन सके थप अवसर प्राप्त होला । स्वादिष्ट भोजन पाईनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला । शारीरिक आलस्यता जाग्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । भाग्यले साथ दिनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । शिक्षामा सफलता पाईनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

आँटेको र ताकेको कार्य पुरा होला । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेकोछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । छोटो दुरीको लाभदायी यात्रा हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाईनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

रमाइलो यात्राको योग रहेको छ । आफन्तबाट सहयोग प्राप्त हुनेछ । नयाँ कार्यको थालनी हुनेछ । पढाइ लेखाइमा प्रगति हुनेछ ।

प्रकाशित मिति: ४ पुस २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्