‘निर्माताले मलाई बलात्कार गरे’


 


लण्डन, पुस ५
बेलायती अभिनेत्री ल्यासेट एन्थोनीले आफू दुई पटकसम्म बलात्कृत भएको खुलासा गरेकी छन् ।फिल्म निर्माता हार्बे विन्स्टनबाट आफ्नै घरमा बलात्कृत भएको एक अन्तर्वार्तामा खुलाएकी हुन् । जुन घटना अझै खराब सपनाको रुपमा याद आइराख्ने उनको भनाइ छ । ५६ वर्षीया अभिनेत्रीले आफूमाथि आफ्नै निवासमा १९८० मा ती फिल्म निर्माताबाट यौन शोषण भएको बताएकी हुन् ।

च्यानल ४ न्युजका लागि उनले दिएको अन्तर्वार्तामा यस्तो बताएकी हुन् । आफूले यस्तो कुरा हार्बे विन्स्टनसँग त्यसबेला नै भने पनि बेवास्ता गरेको बताइन् । ‘मलाई एक बिहानको अझै सम्झना छ, उसले म बसेको फ्ल्याटको ढोका ढकढक्यायो । म गाउनमा मात्रै थिएँ, उसले कोट र्याकतिर धकेल्यो र रेप गर्यो,’ उनले भनिन् ।

उनले अघि भनेकी छन्, ‘उ मोटो र गह्रुँगो थियो । उबाट म उम्किन खोजे पनि सकिनँ ।’ अभिनेत्री एन्थोनीले लाजका कारण यो कुरा यसअघि नभनेको पनि बताएकी छन् । ‘यो यौनको कुरा हैन, यो अपमान र नियन्त्रणको कुरा हो,’ उनले भनिन् ।

यस्तै हार्बेले आफूलाई ‘केन्स फिल्म फेस्टिबल’को कोठाभित्र बसिरहेका बेला पनि बलात्कार गरेको दावी गरेकी छन् । केही वर्षअघि अमेरिकाबाट सुरु भएको ‘मि टू’ अभियान पछिल्लो समय संसारभर सचेतनाको रुपमा फैलिएको छ । खासगरी फिल्मी क्षेत्रका अभिनेत्रीहरुले आफूमाथि कुनै पनि बेला भएका यौन शोषणका घटना बाहिर ल्याउन थालेका छन् । अन्नपूर्ण दैनिकबाट

प्रकाशित मिति: ५ पुस २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्