प्रज्ञाका कर्मचारीले मनाए तीज


 


teej 1काठमाडौँ, भदाै १९

हिन्दू धर्माबलम्बी महिलाहरुको महान् पर्वका रुपमा परापूर्व कालदेखि मनाइँदै आइएको हरितालिका तिज अहिले सबै धर्म–संस्कृतिमा आस्था राख्ने महिलाहरुले उत्तिकै धुमधामसँग मनाउन थालेका छन् । विशेष गरी सहरबजारमा तिज आउनु एक महिनाअधिदेखि नै सामूहिक रुपमा मीठा–मीठा परिकार खाएर तिज मनाउने गरिन्छ ।

विभिन्न सङ्घ–संस्थाका साथै सरकारी निकायहरुले समेत विशेष महत्वका साथ तिज मनाउने गरेका छन् । यसै सिलसिलामा नेपाल प्रज्ञा–प्रतिष्ठानमा कार्यरत माओवादी निकट कर्मचारीहरुको सङ्गठन नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनले एक कार्यक्रमको आयोजना गरी हरितालिका तिज मनाएको छ ।

उक्त अवसरमा बोल्दै प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले तिज नेपाली जातिको मौलिक र विशिष्ट चाड भएको धारणा राखे । उनले भने, ‘तिज समाजमा आपसी सद्भाव कायम गर्न मद्दत पु¥याउने सद्भाव पर्व पनि हो ।’

Teejप्राज्ञ नर्मदेश्वरी सत्यालले तिजका नाममा अहिले संस्कृति भन्दा विकृति फैलिइरहेको उल्लेख गर्दै भनिन्, ‘यसका सकारात्मक पक्षलाई शिरोधार्य गर्दै नकारात्मक पक्षलाई त्याग्न जरुरी छ ।’ सङ्गठनका अध्यक्ष धनबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्राज्ञ श्रवण मुकारुङ, माओवादी केन्द्रका नेता छविन्द्रलाल कँडेल, सङ्ठनका पूर्व सचिव लोकेन्द्रबहादुर याक्खा, हास्यकलाकार शैलेन्द्र सिंखडा, तामाङ संस्कृतिकर्मी गोपी लामा, प्रजातान्त्रिक कलाकार तथा कर्मचारी सङ्गठनका अध्यक्ष सुरेन्द्र्रकाजी सिन्दुराकार लगायतले बोलेका थिए ।

उक्त अवसरमा प्रतिष्ठानका चालक जीतबहादुर खड्का ‘गोपाल’को लोकगीति एल्बम ‘शैलुङपारि हिमाल’को विमोचन गरिएको थियो ।
कार्यक्रममा उपकुलपति विष्णुविभु घिमिरे, प्राज्ञ परिषद् सदस्यहरु दिनेशराज पन्त, उषा ठाकुर, अमर गिरी, मातृका पोखेरल, ज्ञानू पाण्डेका साथै प्राज्ञसभा सदस्यहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: १९ भाद्र २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्