सलमानको फिल्म ‘दबंग ३’ ले हिन्दु धर्ममा ठेस पुर्याएको भन्दै आपत्ती


 



एजेन्सी
सलमान खानको फिल्म ‘दबंग ३’ले हिन्दु धर्ममा ठेस पुर्याएको भन्दै आपत्ती जनाइएको छ । फिल्मको शीर्ष गीतका केही दृश्यले हिन्दु धर्मको भावना ठेस पुर्‍याएको भन्दै आपत्ति जनाइएपछि गीतबाट ती दृश्यहरू हटाएको छ।

गीतको एक दृश्यमा साधुको भेषमा कलाकारहरूलाई नाच्दै गरेको देखाइएपछि ती समूहहरूले आपत्ति जनाएका थिए । गीत रिलिज भएपछि नोभेम्बर २९ मा महाराष्ट्र र छत्तिसगढमा रहेको ‘हिन्दु जनजागृति समिति’ नामक संगठनले भारतीय सेन्सर बोर्डलाई एक पत्र लेख्दै ती दृश्यले धार्मिक भावनामा ठेस पुर्याउने भएकाले हटाइनुपर्ने माग राखेका थिए।

हिन्दु धर्मको भावना ठेस पुर्‍याएको भन्दै आपत्ति जनाइएपछि सलमानको आधिकारिक ट्विटरबाट गीतबाट ती दृश्यहरू हटाइएको जानकारी दिइएको छ।

प्रकाशित मिति: ८ पुस २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्