हलिउड अभिनेत्रीको निधन


 



एजेन्सी
हलिउड चलचित्र ‘थन्डरबल’की अभिनेत्री क्लाउडिन एगरको निधन भएको छ । यो जेम्स बान्ड सिरिजको चौथो फिल्म ‘थन्डरबल’ हो । अभिनेत्री क्लाउडिन एगरको ७८ वर्षीया फ्रेन्च अभिनेत्री एगरको पेरिसमा निधन भएको हो ।

उनले सन् १९५७ मा मिस सिनेमाण्डको अवार्ड जित्नुका साथै १९५८ मा मिस वल्र्ड रनरअप भएकी थिइन् । १९९७ मा रिलिज भएको फ्रेन्च फिल्म ‘द रेड एन्ड ब्ल्याक’ उनको अन्तिम फिल्म थियो ।

क्लाउडिनले १९५८ मा ‘क्रिस्टिन’ फिल्मबाट करियर शुरू गरेकी थिइन् । फिल्म निर्देशक पियरे गस्पर्डसँग उनी वैवाहिक सम्बन्धमा थिइन् ।

प्रकाशित मिति: ८ पुस २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्