भोटखोला र सिलिचोङमा पुग्न सकेन केन्द्रीय प्रसारण


 


संखुवासभा, पुस ८
सङ्खुवासभाको १० वटा स्थानीय तहमध्ये दुर्गम दुईवटा स्थानीय तहमा अझै पनि विद्युत्को केन्द्रीय प्रसारण लाइनमा जोडिएको छैन ।
भोटखोला र सिलिचोङ गाउँपालिका विद्युतको केन्द्रीय प्रसारण लाइनमा जोडिन नसकेको हो । विद्युतको केन्द्रीय प्रसारण लाइनमा नजोडिएका ती दुई गाउँपालिकाका केही गाउँमा भने धेरै पहिलेदेखि पेल्ट्रिक सेट, लघु जलविद्युत् पुगेका छन् । त्यस्तै, केही घरले सौर्यबत्ती जडान गरेर पनि घर उज्यालो बनाएका छन् ।

विपन्न वर्ग भने अझै पनि टुकीकै भरमा बस्न बाध्य रहेको भोटखोलाका नुर्बु भोटेले बताउनुभयो । मकालु गाउँपालिकाका काजीमान गुरुङले पेल्ट्रिक सेट तथा लघु जलविद्युतमा बेलाबेलामा समस्या आइरहने भएकाले भरपर्दो नभएको बताउनुभयो । राईले सौर्यबत्ती, लघु जलविद्युत् दीर्घकालीन नहुने भएकाले छिटोभन्दा छिटो केन्द्रीय प्रसारण लाइनका लागि पहल गर्न सरोकारवालालाई आग्रह गरिएको बताउनुभयो ।

भोटखोला गाउँपालिका सीमावर्ती नाका छिमेकी देश चीनसँग सिमाना जोडिएको गाउँपालिका हो । सदरमुकाम खाँदबारीबाट भोटखोला गाउँपालिकाको केन्द्र हटिया पुग्न मात्रै १०२ किमि कच्ची सडक हिँडेरै पार गर्नुपर्छ । हिउँदमा भने दुःखसुख साना सवारीसाधन चल्छ । किमाथाङ्का नाका पुग्न १६२ किमिको यात्रा पार गर्नुपर्छ ।

हिउँदमा कोशील्हासा राजमार्गको कच्ची सडकको भरमा हटियासम्म पुग्न सकिन्छ तर बर्खायाममा तीन÷चार दिन लगाएर पैदल हिँड्नुको विकल्प छैन । यस्तै समस्या र दुर्गममा रहेको सिलिचोङ गाउँपालिकाको केन्द्र ताम्कु जान भोजपुरको बुङलिङटार तरेर मात्रै पुग्न सकिन्छ । “खाँदबारीबाट हेलुवाबेँसीसम्म यातायात पुगे पनि अरुणपारीदेखि गाउँपालिकाको केन्द्र ताम्कु पुग्न अरुण नदीमा पक्की पुल नहँुदा आवतजावतमा समस्या छ”, सिलिचोङका अध्यक्ष राम कुलुङ भन्नुहुन्छ, “यातायात समस्याले पनि गाउँपालिकामा विद्युतीकरणमा समस्या भएको छ ।” 

जिल्लाका सबै स्थानीय तहका गाउँ–गाउँसम्म केन्द्रीय प्रसारण लाइनको विद्युत् पु¥याउने उद्देश्यअनुरूप नै काम भइरहेको नेपाल विद्युत् प्राधिकरण खाँदबारी वितरण केन्द्रका प्रमुख रामआशिष शाहले बताउनुभयो । प्रमुख शाहले भोटखोला र सिलिचोङको केन्द्रसम्म चाँडै विद्युत् विस्तार गरिने भन्दै अहिले काठको पोल विस्थापित गर्ने काम पनि भइरहेको बताउनुभयो ।

अहिलेसम्म खाँदबारी नगरपालिकाको मात्र सबै वडामा विद्युत् पुगेको विद्युत् प्राधिकरण खाँदबारी वितरण केन्द्रका प्रमुख शाहले बताउनुभयो । सुगम र सदरमुकामसमेत रहेकाले खाँदबारी नगरपालिकाका ११ वटै वडामा केन्द्रीय लाइनको विद्युतीकरण पुगेको हो । त्यस्तै, चैनपुर, मादी, धर्मदेवी र पाँचखपन नगरपालिकाको करिब ९५ प्रतिशत क्षेत्रमा विद्युतीकरण भएको भन्दै उहाँले गाउँपालिकाको हकमा सबैभन्दा बढी चिचिला गाउँपालिकाको करिब ५० प्रतिशत गाउँमा विद्युतीकरण पुगेको बताउनुभयो । धेरै ठाउँमा विद्युत् पु¥याउने प्रयास भइरहेको छ, शाहले भन्नुभयो, “विद्युतीकरण पुगेको ठाउँमा पनि अधिकांश स्थानमा काठको पोल गाडिएको छ ।

वितरण केन्द्र प्रमुख शाहका अनुसार अब ती सबै काठको पोल हटाएर फलामको पोल गाडिने छ । जिल्लाभित्र झण्डै १५ हजार काठको पोलबाट विद्युतीकरण गरिएको छ । खाँदबारी नगरपालिकाभित्र मात्रै एक हजार १५३  काठको पोल छन् । ती फेर्नुपर्ने अवस्थामा रहेको छ । यहाँ रहेका चार वटा हाइड्रोपाव दिपेश्वरी हाइड्रोपावर ९चार मेगावाट०, बरुण हाइड्रोपावर ९साढे चार मेघावाट०, अरुण भ्याली पिलुवा हाइड्रोपावर ९तीन मेगावाट० र सुगम हाइड्रोपावर ९लोहर पिलुवा एक मेगावाट० मा दैनिक १२ मेघावाट विद्युुत् उत्पादन हुन्छ । धेरै भएको विद्युत् अन्य जिल्लामा समेत दिइएको शाहले बताउनुभयो । 

प्रकाशित मिति: ८ पुस २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्