अभिनेत्री बिनीता बराललाई पुत्रीलाभ


 


काठमाडौं, पुस १०
‘चपली हाईट’ मा बोल्ड सिन दिएपश्चात एकाएक चर्चामा आएकी अभिनेत्री विनीता बराललाई पुत्रीलाभ भएको छ। उनले क्रिसमसको पहिलो दिन अर्थात् मंगलबार छोरीको जन्म दिएकी हुन्। काठमाडौं, पुस १० काठमाडौँ । ‘चपली हाईट’ मा बोल्ड सिन दिएपश्चात एकाएक चर्चामा आएकी अभिनेत्री विनीता बराललाई पुत्रीलाभ भएको छ। उनले क्रिसमसको पहिलो दिन अर्थात् मंगलबार छोरीको जन्म दिएकी हुन्।

गत दशैंमा आफू गर्भवति भएको भन्दै शुभचिन्तकमाझ खुसी साटेकी अभिनेत्री बरालले बुधबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफू छोरीको आमा भएको जानकारी दिएकी हुन् । छोरीसँगको फोटो शेयर गर्दै गर्दै उनले ‘सबैभन्दा राम्रो क्रिसमस उपहार’ भन्दै खुसी व्यक्त गरेकी छन् ।

उनले छोरीको नाम ‘काया’ राखेको पनि खुलाएकी छन् । अस्पतालको बेडमा खिचिएको तस्विरमा उनी छोरीसँग निकै खुसी मुद्रामा देखिएकी छन् । अहिले सामाजिक सञ्जालमा उनलाई आमा बनेकोमा फिल्मकर्मी र शुभचिन्तकहरुले बधाई दिइरहेका छन् ।

बीनिताले गत मे २७ तारिखमा प्रेमी तिलक पौडेलसँगको तीन वर्ष लामो प्रेम सम्बन्धलाई उनले विवाहमा परिणत गरेकी थिइन् ।

प्रकाशित मिति: १० पुस २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्