५४ लागे सलमान, अझै अफेयरकै चर्चा


 


नयाँ दिल्ली , पुस १० (एजेन्सी)
बलिउड अभिनेता सलमान खानको जन्मदिन डिसेम्बर २७ अर्थात् शुक्रबार हो। उनी आफ्नो ५४ औं जन्मदिन मनाउन लागिरहेका छन्।

यसबीचमा सलमानको पहिलो प्रमेबारे खुलासा भएको छ। सलमानको प्रेमको चर्चा विभिन्न अभिनेत्रीसँग भइसकेको छ।

सलमानको नाम यसअघि एश्वेर्या राय, कट्रिना कैफ, संगीता बिजलानीसँग जोडिएको थियो। यतिबेला सलमानको पहिलो प्रेमबारे भारतीय संचारमाध्यममा चर्चा सुरु भएको छ।

सलमानको पहिलो प्रेम कविर सिंहकी अभिनेत्री कियारा आडवाणीकी सानी आमा भएको बताइएको छ।

जब सलमान १९ वर्षका थिए, उनको र शाहीन जाफरीबीच प्रेम सम्बन्ध स्थापित भएको थियो। शाहीन जाफरी कियाराकी सानी आमा हुन्।

भारतको संचारमाध्यम डीएनएका अनुसार कियाराले डीएनएसँगको अन्तर्वार्ताका क्रममा सलमान र शाहीनलाई भेट गराउन उनकी आमाले महत्वपूर्ण भूमिका खेलेको बताएकी छिन्।

उक्त अन्तर्वार्तामा कियाराले नै सलमानको पहिलो प्रेम उनकी सानी आमा शाहीन जाफरी भएको बताएको जनाइएको छ।

प्रकाशित मिति: १० पुस २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्