सलमान खानको जन्मदिनमा बहिनीले दोस्रो सन्तान जन्माउने


 


एजेन्सी ।  सलमान खान डिसेम्बर २७ मा आफ्नो ५४ औं जन्मदिन मनाउने तयारीमा छन् । सलमानले यसपाली आफ्नो जन्मदिन भिन्न स्थानमा मनाउने भएका छन् । भारतीय मिडियाका अनुसार प्रोफेशनल र पर्सनल कमिटमेन्ट्सका कारण सलमानले आफ्नो जन्मदिन पनवेल स्थित फार्म हाउसमा नमनाउने निर्णय लिएका छन् ।

सलमान आफ्नो ५४ औं जन्मदिन भाइ सोहेल खानको घरमा मनाउनेछन् जुन मुम्बईको पाली हिल इलाकामा रहेको छ । सोहेलको घरमा एउटा बर्थ डे ब्यास दिइनेस जसमा शाहरुख खान, कट्रिना कैफ, सोनाक्षी सिन्हा, वरुण धवन, सई मांजरेकर, कबिर खान र ज्याकलिन फर्नान्डिजसहित थुप्रै सेलिब्रिटी पुग्ने सम्भावना छ ।

सलमानका लागि यो जन्मदिन विशेष हुनेछ । वास्तवमा, उनकी बहिनी अर्पिताले २७ डिसेम्बरमा शल्यक्रियामार्फत् आफ्नो दोस्रो सन्तानलाई जन्म दिँदैछिन् । उनको शल्यक्रिया हिन्दुजा अस्पतालमा हुँदैछ । यसैकारण पनि सलमानले आफ्नो जन्मदिन मुम्बई बाहिर नमनाउने निर्णय गरेका हुन् ।

प्रकाशित मिति: ११ पुस २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्