बिग बास लिगमा आज चौथो म्याच खेल्दै सन्दीप


 


काठमाडौं, पुस १४
अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) मा आज नेपाली लेग स्पिनर सन्दीप लामिछानेआवद्ध मेलबर्न स्टार्सले आफ्नो चौथो म्याच खेल्दै छ । मेलबर्नले चौथो म्याच होबार्ट हरिकेन्सविरुद्ध खेल्न लागेको हो । मेलबर्न–होबार्टबीचको खेल नेपाली समयअनुसार आज दिउँसो १ः५५ बजेदेखि सुरु हुँदैछ ।

अघिल्ला तीन खेलको प्लेइङ ११ मा मौका पाएका सन्दीप आज पनि दोहोरिने सम्भावना बलियो छ । उनले आफ्नो अन्तिम म्याच २७ डिसेम्बरमा एडिलेट स्टाइकर्सविरुद्ध खेलेका थिए । सो खेलमा उनले ३ ओभरमा १५ रन दिएर एक विकेट लिएका थिए ।

सन्दीप मेलबर्नले म्याच सुरु हुनु एक दिन अगाडि नै सार्वजनिक गरेको १३ सदस्यीय टोलीमा पनि अटाएका छन् । जारी बीबीएल सिजनमा सन्दीपले ३ म्याच खेल्दा ३ विकेट लिएका छन् । पहिलो खेलमा ४ ओभर बलिङ गर्न पाएका सन्दीपले दोस्रो र तेस्रो म्याचमा भने ३–३ ओभर मात्र बलिङको मौका पाए । यो सिजनमा पनि मेलबर्नको कप्तानी ग्लेन म्याक्सवेलले सम्हाली रहेका छन् । होबार्टविरुद्ध लागि मेलबर्नले घोषणा गरेको टोली

प्रकाशित मिति: १४ पुस २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्