पुष २३ गते बुधबार कुन राशिका लागि शुभ रहला ? हेर्नुहोस आजको राशिफल


 


आज मिति २०७६ साल पुष महिनाको २३ गते बुधबार, तदअनुसार सन् २०२० जनवरी ८ तारिख, तपाईका लागि आजको दिन कस्तो रहला ? हेर्नुहोस आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

समयलाई पछ्याउन नसक्दा दुःख पाइनेछ । भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न नसकिएला । पारिवारिक कलह सिर्जना हुन सक्ला अलि बिचार पुर्याउनु पर्नेछ। स्वास्थ्य भने अनुकुल नै रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

परिस्थिति अलि प्रतिकूल रहनेछ भने सोचेको लाभ नउठ्न सक्छ । तर सामान्य धन भने प्राप्त होला । सामाजिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

कामबाट फुर्सद मिल्नुका साथै यात्रा गर्ने अवसर जुट्न सक्छ परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि देखिन्छ । प्रतिस्पर्धात्मक कार्यमा बिजयी भइने छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

सवारीमा सावधानी अपनाउनुहोला । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । लामो दुरीको यात्रामा सकेसम्म ननिस्कदा नै राम्रो हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

पढाइलेखाइमा समय दिन नसकिएला। सहयोगीहरूको भरपर्दा काममा बाधा पुग्न सक्छ, सजग रहनुहोला । कार्यमा सफलता पाउन ठुलै मेहनतगर्नुपर्ने देखिन्छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

प्रेम र मित्रताको बन्धन कसिनुका साथै रमाइलो भेटघाट हुनेछ। रमणीय स्थलको यात्रा गर्ने अवसर जुट्नेछ। विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन् ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि विचार पुर्याउनुहोला। काम बिग्रनाले मन खिन्न हुनेछ। आतिथ्य सत्कार पाइने छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आश्वासन दिनेहरुले झुक्याउलं अलि सजक रहनु होला। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। पेटको खराबीले स्वास्थ्य कमजोर रहला।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। हठ गर्ने बानीले दुःख पाइनेछ, जागिरमा पनि सावधान रहनु होला । अमवाश्यक झैँ झमेलामा परिने छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । कार्यमा सफलता मिल्नेछ। मिस्थान्ना भोजनको अनुभूति पाइने छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ । पारिवारिक सुख शान्ति प्राप्त हुनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने देखिन्छ। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। अनावश्यक क्षेत्रमा धन खर्च हुनेछ। स्वास्थ्य सामान्य रहने छ।

राशिफलमा जे जस्तो लेखिएको भएता पनि तपाईको आजको दिन शुभ बितोस, शुभ बिहानी

प्रकाशित मिति: २३ पुस २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्