सहिद स्मारक लिगः मच्छिन्द्र शीर्ष स्थानमा


 


काठमाडौं, पुस २६
मच्छिन्द्र क्लब सहिद स्मारक ुएु डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा जावलाखेल युथ क्लबलाई १(० गोल अन्तरले पराजित गर्दै लिगको शीर्ष स्थानमा उक्लिएको हो।

मच्छिन्द्रको जितमा विशाल राईले निर्णायक गोल गरेका थिए। खेलको ३१औं मिनेटमा विशालले गोल गरेका हुन्।

जितसँगै मछिन्द्रले ६ खेलमा १३ अंक जोडेको छ। मच्छिन्द्रको यो जितपछि त्रिभुवन आर्मी क्लबलाई १ अंकले पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो।

जावलाखेलको यो पहिलो हार हो। जावलाखेलको ६ खेलमा ९ अंक रहेको छ। जावलाखेल पाँचौं स्थानमा रहेको छ।

प्रकाशित मिति: २६ पुस २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्