एघार फिट लामो अजिङ्गर !


 


झापा जेठ १८

झापाको पृथ्वीनगर–४ स्थित देवनिया खोलामा ११ फिट लामो अजिङ्गर फेला परेको छ।

 जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राकेशकुमार पोदारको नेतृत्वमा गएको टोलीले स्थानीयको सहयोगमा उद्धार गरी जिल्ला वन कार्यालय चन्द्रगढीमा बुझाएको जनाएको छ ।
यसअघि २०७१ साल कात्तिकमा पनि महेशपुर–१ मा १७ फिट लामो अजिङ्गर फेला परेको र वन कार्यालयमा नै बुझाएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १८ जेष्ठ २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्