दाङको सौडियारमा इ–सेवा सुरु


 


e-sewa

घोराही, भदौ २४  सौडीयार गाविसस्तरीय सामुदायिक अध्ययन केन्द्रले सौडियारमा इ–सेवा सञ्चालनमा ल्याएको छ ।

जिल्ला शिक्षा कार्यालय दाङबाट उत्कृष्ट अध्ययन केन्द्र भएवाफत प्रोत्साहन स्वरुप प्राप्त रकमवाट इ–सेवा सञ्चालनमा ल्याएको हो । सौडियार–७ सौडियारस्थित साझा भवनमा इ सेवालाई सञ्चालनमा ल्याईएको छ । जनतालाई विद्युतिय माध्यमवाट रिचार्ज कार्ड सम्बन्धि सेवा स्थानियस्तरवाटै उपलब्ध गराउने उदेश्यले अध्ययन केन्द्रले इ सेवा सञ्चालनमा ल्याएको छ ।

इ सेवा केन्द्र दाङसंग समन्वय गरेर सौडियारमा इ सेवा सञ्चालनमा ल्याईएको अध्ययन केन्द्रका अध्यक्ष चेतु भण्डारीले जानकारी दिनु भयो । इ सेवाका लागि प्राविधिक सहयोग इ सेवा केन्द्र दाङका प्रमुख राजन न्यौपानेले गर्नु भएको थियो । इ सेवा सञ्चालनमा आएपनि यसको केही समयपछि औपचारीकरुपमा उद्घाटन गरीने अध्यक्ष भण्डारीले बताउनु भयो ।

इ–सेवा सञ्चालनमा आएपछि गाविस वासिले फोन रिचार्ज, डिसहोम रिचार्जको लागि सदरमुकाम घोराही धाउनुपर्ने छैन् ।

यस अगाडि डिसहोम रिचार्ज लगाएतका लागि सदरमुकाम घोराही धाउनुपर्दछ ।

प्रकाशित मिति: २४ भाद्र २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्