फोटो कथा

मिनी टिलर वितरण

कृष्णपुर नगरपालिका- २ को कार्यालयले ५० प्रतिशत अनुदानमा कृषक समूहमार्फत बिहीबार किसानलाई वितरण गरेका खेत जोत्नमा प्रयोग हुने मिनी टिलर । वडा कार्यालयले चालु आवको स्वीकृत कार्यक्रम अन्तर्गत व्यावसायिक खेती

एमालेका मन्त्रीहरुद्वारा सामूहिक राजीनामा

प्रधानमन्त्री पुष्पकमल दाहाल’प्रचण्ड’ समक्ष बुधबार सरकारलाई दिएको समर्थन फिर्ता र नेकपा(एमाले)बाट सरकारमा रहेका मन्त्रीहरूको सामूहिक राजीनामा पत्र बुझाउँदै कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी । तस्बिर : प्रदीपराज वन्त/रासस

आँप बिक्री

सिरहाको पूर्व-पश्चिम राजमार्गमा रहेकाे गोलबजारमा मुख्य सडककै छेउमा जोखिमपूर्ण रूपमा आँप बिक्री गर्दै व्यापारी। तस्बिर : लोकेन्द्रप्रसाद यादव / रासस

माछा मार्दै

सुनसरीको इनरुवा–दुहबी सडकखण्डको पेटीमा आएको बाढीको पानीमा माछा मार्दै स्थानीय । तस्बिर : अजितकुमार झा/रासस

ढकमक्क कमल

दाङको घोराही उपमहानगरपालिका-८ स्थित ढिकपुरको दुन्द्रा पोखरीमा ढकमक्क फुलेको रातो कमलको फूल । तस्बिर: कुलदीप न्यौपाने /रासस

डेङ्गु नियन्त्रण अभियान

सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालय, स्वास्थ कार्यालय अछामद्वारा मङगलबार सञ्चालित डेङ्गु सार्ने लामखुट्टेका लार्भा खोजी गरी नष्ट गर अभियान। अछाम जिल्ला सदरमुकाम मंगलसेन बजारमा एडिस जातको पोथी लामखुट्टेको

बाढीले छलगाड खोलाको किनारमा फसेको बस

भेरी करिडोर सडक आयोजनाअन्तर्गत डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ छलगाडस्थित भेरी नदी र छलगाड खोलाको दोभान किनारमा वर्षापछि आएको बाढीका कारण फसेको रात्रीकालीन यात्रुवाहक बस । उक्त बस डोल्पाको सदरमुकाम दुनैबाट नेपालगन्जको

खानेपानीको दुःख

दाङको तुलसीपुर उपमहानगरपालिका–६ स्थित बरुवागाउँ बिशालनगर टोलका स्थानीयवासी ट्रयाङ्करमा ल्याएको खानेपानी जोहो गर्दै । गत वैशाखदेखि धारामा पानी आउन छाडेपछि बिशालनगरका करिब पचास घरधुरीवासी तुलसीपुर खानेपानी उपभोक्त सरसफाइ संस्थाले ट्रङ्याकरमा

चैनपुरे करुवा

सङ्खुवासभाको चैनपुर नगरपालिकाको केन्द्र चैनपुर जिरोपोइन्टमा राखिएको चैनपुरे करुवाको प्रतिमा । तस्बिरः सुजन बज्राचार्य/रासस

खुट्टाले लेखेर एसइई उत्तीर्ण हुनुभएका खत्री

गत बिहीबार प्रकाशित माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षामा खुट्टाले लेखेर दुई दशमलव ९२ जिपिए ल्याएर उत्तीर्ण पास हुनुभएका बाँके राप्तीसोनारी गाउँपालिका २ मदुईस्थित श्री लक्ष्मी माध्यामिक विद्यालय मदुवामा अध्ययनरत १८