प्रियंका कार्की विवाह बन्धनमा बाँधिदै, थाइल्याण्डमा यसरी मनाइन् ‘ब्याचलोरेट पार्टी’


 


अहिले इन्स्टाग्रामको ‘हट इस्यू’ भनेको प्रियंका कार्कीको ‘ब्याचलोरेट पार्टी’ हो । ६ जनाको टोली लिएर पार्टीका साथै मस्ती गर्न थाइल्याण्ड उडेकी प्रियंकाले इन्टाग्रामका भित्तालाई निकै रंगीन बनाएकी छिन् । नायिका प्रियंका कार्की चाँडै नै विवाह बन्धनमा बाँधिने पक्कापक्की भएको छ । विवाहको मिति निश्चित भएर नै होला उनी अहिले ‘ब्याचलोरेट पार्टी’ मनाउन थाइल्याण्ड पुगेकी छिन् ।

प्रियंका मोडल आस्था पोखरेल, डिजाइनर सिवाङ्गी प्रधान, साहाना बज्राचार्यलगायत ६ जनाको टोली सहित अहिले थाइल्याण्डमा मस्ती गरिरहेको उनको इन्स्टाग्राम अकाउन्टमा देख्न सकिन्छ । रंगीन यसअर्थ, उनले आफ्ना ६ जना साथीहरुसँगको रातो, पहेँलो, सेतो, कालो बिकिनी लगाएका तस्बिर बारम्बार पोष्ट गरिरहेकी छिन् । कहिले सिंगल फोटो हाल्छिन्, कहिले ग्रुप फोटो हाल्छिन्, कहिले क्यामरा फेस गरेको फोटो हाल्छिन् त कहिले पछाडि फर्किएको । फोटो हेर्दा यस्तो लाग्छ उनले थाइल्याण्डमा ‘फूल अन’ मस्ती गरेकी छिन् ।

यसका साथै, प्रियंकाले ‘ब्राइडल सावर’ भन्दै आफ्नो फेसबुक अकाउन्टमा २२ वटा फोटो पोष्ट गरेकी छिन् । उत्कृष्ट सेटिङमा, सेतो पहिरनमा सजिएर उनले साथीहरुसँग बेहुली हुनु अघिको समयलाई निकै विशेष तवरले व्यतित गरेकी छिन् ।यद्यपि, उनको विवाहको मिति भने निश्चित भइसकेको छैन । उनले पोष्ट गर्ने फोटोमा भने उनले आफूलाई ब्राइड अफ २०२० भन्ने गरेकी छिन् ।

प्रकाशित मिति: ६ माघ २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्