भाेजपुरका एक युवाले ५५ लाखकाे रूद्राक्ष बेचे


 


rudrakshyaभाेजपुर, भदाै २४

बोटमा फलेको रुद्राक्ष ५५ लाखमा बिक्यो भन्दा आर्चश्य लाग्छ । धेरैले वाइयात कुरा भनेर पत्याउँदैनन् । तर कुलुङ–२ भोजपुरका आशमान राईले दुई महिनाअघि बगानमा भएको रुद्राक्षको बोटको दुई वर्षको उत्पादन ५५ लाख रुपैयाँमा बेचेका छन् ।

दुई बर्ष अघि सोही बोटमा फलेका रुद्राक्ष आशमानले तीन लाख ५० हजारमा बेचका थिए । उनले यसवर्ष पनि २०७३ र ७४ सालको उत्पादन लिने शर्तमा व्यापारी गोबिन्द कटुवाल तथा सालिग्राम थापालाई ५५ लाखमा बिक्री गरेका हुन् ।

राईले गाउँमा समाज राखेर कागजमा लेप्चे लगाएर ५५ लाख नगद बुझे । कुलुङका अधिकांश परिवारले बार्षिक रुपमा १० लाखसम्मको रुद्राक्ष बिक्री गर्ने गर्छन । उनले ५५ लाख हातमा समाउदा गाउँले खासै अनौठो मानेन ।

राम्रो रुद्राक्ष फल्छ पैसा त पाउनेनै भयो एक व्यपारीले भने । खरिद गर्ने रुद्राक्ष व्यपारी सालिग्राम थापाले भने–’यो रुद्राक्ष चिनियाँ बजारमा माग भएअनुसार चिल्लो, ठुलो(कण्ठे) थेप्चे, पाटो मदाने आकारको ६ र ७ मुखे मात्र फल्ने गर्छ त्यसैले दाम कसेर लगाएका हौ ।

नाफा त हुन्छ ।’ आशमानको बगानमा फल्ने रुद्राक्ष उत्कृष्ट भए पछि गत बर्ष बोटबाट चोरी भएको थियो । प्रहरीले रुखको मुचुल्का गरी अनुसन्धान गरेको थियो ।

पाँच बर्ष यता देखि चीनको बजारमा नेपाली रुद्राक्षको माग बड्न थालेको छ । यो रुद्राक्ष चिनियाँ बजारमा बढी माग भएको मध्ये हालसम्मकै उत्कृष्ट रुद्राक्ष भएको व्यपारीहरुको भनाई छ ।

माम्लिङ, स्याबुन र चैनपुर–१७ लुहाकोटमा एक/एक बोट अत्यन्तै थेप्चे फल्ने हालसम्मकै उत्कृष्ट बोट रहेको पाइएको छ भने यि भन्दा पनि राम्रो दाना भएको रुद्राक्ष व्यवसायी संघका अध्यक्ष बिपिन राईले बताए ।

६५ वर्षीय आशमान राईले रुद्राक्षबाट यस अघिका बर्षमा पनि बार्षिक १० लाख बढी आम्दानी गर्ने गर्छथे । सामान्य परिवारका उनी रुद्राक्षको आम्दानीबाटै छोराछोरीलाई खुसी बनाएका छन् । तीन छोरा र दुई छोरी बिवाह गरी छुटाभिन्न भई सकेको उनले बताए ।

प्रकाशित मिति: २४ भाद्र २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्