विदेशीहरुले यौनसम्बन्धको लागि बालबालिका किन्ने गरेको खुलासा!


 


एजेन्सी, माघ ७
गरिबीको चपेटामा परेका अफ्रिकी मुलुक गाम्बियामा छोराछोरीको भविष्य र आफ्ना लागि दुई छाक टार्नको लागि आफ्नै छोराछोरीको व्यापार गर्ने भइरहेको छ। सुन्दा अचम्म लाग्छ, कोही आमाबुबा कसरी आफ्नो सन्तानलाई पैसाको लागि बेच्न सक्छन् रु त्यो पनि एकदमै थोरै भन्दा थोरै पैसामा । तर, गरिबी यस्तो अवस्था हो जसले मान्छेलाई जुनसुकै काम गर्न पनि बाध्य बनाउँछ ।

त्यहीअनुसार यहाँ यस्तै खालको ब्यापार हुने गरेको छ। यतिसम्म कि उनीहरुले आफ्ना छोराछोरीलाई जम्मा २०० रुपियाँमा बेचिरहेको र किन्नेहरुले ती बालबालिकालाई बलात्कार गर्ने गरेको खुलेको छ ।

द सनको वेभसाइटमा छापिएको समाचारको अनुसार थुप्रै बच्चाहरु बेच्न र किन्न राखिएको पाइएको छ । ती बालबालिकालाई किन्नको लागि विभिन्न देशहरुबाट आउने धनि व्यक्तिहरु आउने गरेको पाइन्छ । धनि व्यक्तिहरुले गरिब देशको कमजोर कानुनी व्यवस्थाको फाइदा उठाइरहेका छन् । जो विदेशीहरु बिदा मनाउन त्यहाँ जान्छन् तिनीहरुले नै यस्तो व्यापार चलाइरहेका छन् ।

उक्त वेभसाइटमा छापिएका तस्बिरहरुमा गोरा विदेशीसँग अफ्रिकी मुलका बालबालिकाको तस्बिर देख्न सकिन्छ । उनीहरु ती बालबालिकालाई खुवाउने, घुमाउने र तिनीहरुसँग शारीरिक सम्बन्ध राख्ने गर्छन् ।वेभसाइटका अनुसार पुरुषहरु मात्रै होइन महिलाहरु पनि बच्चाहरु किन्ने गर्छन् । गरिबीका कारण आमाबाबु ति बच्चाहरु विदेशीहरुलाई सुम्पिन्छन् ।

त्यहाँका मानिसहरु बच्चा विदेशीलाई दिएर उनीहरुको उज्वल भविष्यको कामना गर्छन् तर वास्तवमा ती बालबालिका अर्कै कामका लागि प्रयोग हुने गरेका छन् । उक्त वेभसाइटले गरिबीको चपेटामा परेका आमाबुबाले छोराछोरी बेचिरहेको तस्बिर सार्वजनिक गर्दै ती आमाबुबाले केवल २ युरोको लागि छोराछोरी बेच्ने गरेको खुलासा पनि गरेको छ ।

प्रकाशित मिति: ७ माघ २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्