दीपिकाको सबैभन्दा कमजोर फिल्ममध्येको बन्यो छपाक



काठमाडौं, माघ ७
बलिउड अभिनेत्री दीपिका पादुकोणको सबै भन्दा कमजोर चलचित्र छपाक बनेको छ। स्टारर फिल्मको रुपमा रिलिज भएको छपाक चलचित्र १० दिनमा नै अस्विकृत भएको भरतीय संचारमाध्यमले जनाएका छन्।

१० जनवरीपछि कुनै ठूला फिल्म रिलिज नहुँदासमेत फिल्मले दर्शक जुटाउन सकेन र भारतमा यसको व्यापार आइतबारसम्म ३२.४८ करोड भारु पुगेको छ ।

यसको जानकारी ट्रेड एनालिस्ट तरण आदर्शले ट्वीटर अकाउन्टमा दिँदै लेखेका छन्, ‘छपाक अस्विकृत भएको छ ।’ दोस्रो विकेन्डको शोमा दर्शकबीच कुनै उत्साह देखिएन । फिल्मले शुक्रबार ९५ लाख, शनिबार १.४० करोड र आइतबार १।७५ करोड भारु सहित अहिलेसम्म कूल ३२.४८ करोडको व्यापार गरेको छ । छपाक फिल्म दीपिकाको करियरको सबैभन्दा फ्लप फिल्ममध्येको एक भयो । सन् २०१५ मा रिलिज भएको तमाशापछि छपाक उनको करियरको दोस्रो फ्लप फिल्म रह्यो ।

सन् २०१५ मा रिलिज भएको बाजीराव मस्तानी र सन् २०१८ मा रिलिज भएको पद्मावत सुपरहिट भएको थियो तर छपाकले दीपिकाको करियर ग्राफ बिगारिदिएको छ । यतिमात्रै होइन दीपिका यो फिल्मकी सह–निर्माता थिइन् र उनले यसमा १२ करोड लगानी गरेकी थिइन् जसमा उनलाई घाटा लाग्यो । दीपिकाले आफ्नो करियरमा अहिलेसम्म २३ वटा फिल्ममा काम गरेकी छिन् जसमध्ये छपाकसहित १० वटा फिल्म फ्लप भए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News