एकै प्रकृतिको दुर्व्यवहारमा अस्थामाथि किन अन्याय?



काठमाडौं, माघ ९
ड्युटीमा रहेका प्रहरीमाथि गायिका आस्था राउतले दुव्र्यवहार गरेको आरोपमा प्रहरीले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । तर, उस्तै प्रकृतिको घटनामा पूर्वयुवराज पारस शाहमाथि भने कारबाही त के प्रश्नसमेत सोध्ने आँट गरेका थिएनन् । २ भदौमा पारसले त्रिभुवन विमानस्थलमा ड्युटीमा रहेका प्रहरीमाथि हातपात गरेका थिए।

पारसले ड्युटीमा रहेका प्रहरी नायव निरीक्षक ईश्वर खत्रीमाथि हातपात गरेका थिए। उनले खत्रीलाई धकेलाधकेल मात्र गरेनन्, बारम्बार कुट्न झम्टिएका थिए । यो दृश्य तत्कालै सामाजिक सञ्जालमा छताछुल्ल भयो।

दृश्य सामाजिक सञ्जालमा भाइरल भएपछि पारसमाथि प्रहरी कारबाही अघि बढ्नुपर्ने, पक्राउ पुर्जी जारी गर्नुपर्ने आबाज उठ्न थाल्यो । तर विमानस्थल प्रशासन तथा प्रहरीका उच्च अधिकारीले पारसलाई कारबाही गर्नेतर्फ कुनै चासो दिएनन्।

ठीक यही प्रकृतिको घटना यतिबेला सर्वत्र चर्चामा छ । गएको बिहीबार भारतको सिक्किममा कन्सर्ट गर्न भद्रपुर उड्ने लागेकी आस्था राउतले ड्युटीमा रहेकी प्रहरी महिला रमिता श्रेष्ठलाई औँला ठड्याएको र अभद्र व्यवहार गरेको आरोपमा प्रहरी यति सक्रिय भयो कि उनीविरुद्ध पक्राउ पुर्जी जारी गर्यो ।

कुरा यत्तिमै सीमित भएन, प्रहरीले उनलाई फरार कोटीमा पनि राखेको छ । यो खबर आज बिहीबार प्रकाशित भएको शुक्रबार साप्ताहिकबाट लिइएको हो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News