आस्थापछि माग्ने बुढा प्रहरीको फन्दामा, तर प्रहरीको तारिफ गरे




काठमाडौं, माघ ९
हास्यकलाकार केदार घिमिरे ‘माग्ने बुढा’ ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् । गायिका आस्था राउत प्रहरीको फरार सूचीमा परेको घटनाले बहस पाइरहेका बेला माग्ने बुढा ट्राफिक प्रहरीको कारबाहीमा परेका हुन् । तर गायिका आस्थाको पक्ष र विपक्षमा बहस भइरहे पनि माग्ने बुढाले आफूले गल्ती गरेकै कारण कारबाहीमा परेका बताएका छन् ।

बुधबार बिहान सिट बेल्ट नलगाइ कार चलाएपछि उनलाई ट्राफिक प्रहरीले चिट काट्यो । यसपछि दिउँसो उनी महानगरीय ट्राफिक प्रहरी महाशाखा बग्गीखाना पुगे । त्यसक्रममा सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उनले आफूले गल्ती गरेकै कारण कारबाहीमा परेका जानकारी दिए । यातायात व्यवस्था ऐनको प्रावधानअनुसार उनलाई ५ सय रुपैयाँ जरिवाना गरिएको छ ।

चिट काटेका ट्राफिक प्रहरी जवानले आफूसँग मिठो बोली, वचन गर्दै ‘तपाइँले सिट बेल्ट लाउनु भएको रहेनछ कारबाही गर्छु है’ भनेको उनले बताए । त्यसपछि आफूले कारबाही गर्न मञ्जुरी जनाएको बताए ।

महाशाखाका पुगेका माग्ने बुढाले ट्राफिक प्रमुख एसएसपी भिमप्रसाद ढकाललाई धन्यवाद दिँदै चिट काट्ने जवानलाई भेट्ने इच्छा जनाए । उनको इच्छाअनुसार चिट काट्ने ट्राफिक प्रहरी जवान सन्तोष चौधरीलाई माग्ने बुढाले भेटेर उनले राम्रो व्यवहार र वचन गरेको भन्दै आभार व्यक्त गरे । उनले कानून सबैका लागि बराबरी भएको भन्दै गल्ती गर्नेलाई कारबाही गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News