निकिताको ‘हट एण्ड बोल्ड’ अवतार


 


काठमाडौं, माघ ९

मिस नेपाल बनेपछि के गर्नुहुन्छ ? धेरै सुन्दरीको जवाफ अनेक हुनसक्छ । तर, त्यसबेला जे–जे भने पनि उनीहरुको गन्तव्य भने सिनेमा उद्योग नै हुने गरेको छ । यही सूचीमा थपिएकी छिन्, निकिता चण्डक पनि ।

पूर्व मिस नेपाल निकिता अभिनेत्रीको रुपमा देखिँदै छिन् । उनी फिल्म ‘साङ्लो’बाट अभिनेत्रीको रुपमा देखिन लागेकी हुन् । फिल्मको प्रदर्शन मिति यही माघ २४ गते तोकिएको छ ।

फिल्मका उनी विराज भट्टको जोडी बनेकी छन् । फिल्मको सार्वजनिक गीत र ट्रेलर हेर्दा फिल्मका उनको बिराजसँगको जोडी सुहाएको देखिएको छ ।
हुन त ‘साङ्लो’ भन्दा अगाडि उनले ‘रानीमहल’ अभिनय गरेकी थिइन् । उक्त फिल्म बिचमा अड्किएको कारण रिलिज हुन लागेको पहिलो ‘साङ्लो’ भएको हो ।
‘साङ्लो’ अभिनेता बिराजले नै निर्माण निर्देशन गरेको फिल्म हो । फिल्मले मृगौला तस्करीको कथा उठाएकोले दर्शकले रुचाउने निर्माण पक्षको आस रहेको छ ।

केही दिन अगाडि फिल्मको नयाँ गीतको राजधानीमा छायांकन भएको थियो । गीतमा विराज र निकिताले एकसाथ नृत्य समेत गरेका थिए ।
उक्त गीत सुटिङ समयको केही तस्बिर अहिले निर्माण युनिटले सार्वजनिक गरेको छ । जसमा निकितालाई ‘हट एण्ड बोल्ड’ अवतारमा देख्न सकिन्छ । उनको पहिरनले काठमाडौंको चिसो मौसमलाई समेत चुनौती दिएको छ ।

प्रकाशित मिति: ९ माघ २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्