बलिउडका यी तीन स्टार : जसका पाँच फिल्मले विदेशमा कमाए सर्वाधिक


 



बलिउडका ऋतिक रोशन, सलमान खान र अक्षयकुमार स्टार हुन् । गतवर्ष (२०१९) बलिउडमा रिलिज भएका फिल्ममध्ये यी तीन स्टारका फिल्मले विदेशमा सर्वाधिक कमाई गरे।

बक्स अफिस इण्डियाको रिपोर्ट अनुसार ऋतिकको फिल्म वार गतवर्ष सबैभन्दा बढी कमाई गर्ने फिल्म थियो। उसले एक करोड ३७ लाख डलर कमाइ गर्‍यो।

यस्तै सर्वाधिक कमाई गर्ने दोस्रो फिल्म थियो, सलमान खानको भारत। यस फिल्मले एक करोड ७ लाख डलर कमाई गर्‍यो। तेस्रो नम्बरमा रह्यो अक्षय कुमारको गुड न्यूज।

गुड न्यूजको कमाई १ करोड ४ लाख डलर रह्यो। यी तीन नायकको फिल्मले विदेशमा सर्वाधिक कमाई गरेपछि यिनीहरुलाई बलिउडमा गत वर्षका सर्वाधिक सफल नायक मानिएको छ।

गत वर्ष विदेशमा सर्वाधिक कमाउँने बलिउडका पाँच फिल्म
ऋतिक रोशनको वार : कमाई–एक करोड ३७ लाख डलर
सलमान खानको फिल्म भारत : कमाई– एक करोड ७ लाख डलर
अक्षयकुमारको फिल्म गुड न्‍यूज : कमाई–एक करोड ४ लाख डलर
रणबिर सिंहको गली ब्याय : कमाई– एक करोड २ लाख डलर
सलमान खानको दबंग : कमाई– ७९ लाख ७० हजार डलर

प्रकाशित मिति: १० माघ २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्