च्यांग्रेली समाजकाे साधारण सभा


 


changreliकाठमाडाैं, भदाै २५

भाेजपुर च्यांग्रेली सद्भभाव सेवा समाजकाे तेस्राे साधारण सभा सम्पन्न भएकाे छ । शनिबार बिहानबाट ललितपुरकाे जेम्स स्कूलमा विशेष कार्यक्रमका बिच सुरू भएकाे साधारण सभा बेलुका समापन भएकाे हाे ।

साधारण सभाकाे संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीले उद्घाटन गरेका थिए । साधारण सभामा ज्येष्ठ नागरिक, समाजका प्रतिष्ठित व्यक्ति र कलाकारहरूलार्इ सम्मान गरिएकाे थियाे ।

साधारण सभाकाे पुर्व सन्ध्यामा बिहान रक्तदान समेत भएकाे थियाे । कार्यक्रममा ५१ जनाले रक्तदान गरेका थिए । उनिहरूलार्इ प्रमाण पत्र वितरण गरिएकाे थियाे । कार्यक्रममा सशस्त्र प्रहरी महानिरिक्षक दुर्ज कुमार रार्इलार्इ सम्मान गरिएकाे थियाे ।

त्यस्तै ८९ बर्षिय ज्येष्ठ नागरिक सूर्यबहादुर कार्कीलार्इ सम्मान गरिएकाे थियाे भने छ जना स्थापित कलाकारहरूलार्इ समेत सम्मान गरियाे । बरिष्ठ हास्यकलाकार मनाेज गजुरेल,  लाेक गायक तुलसी पराजुली, लाेक गायीका टिका पुन, संगीतकार मनाेज खड्का, गायक तथा लेखक राम मट्टरार्इ, गीतकार विपीन किरण  सम्मानित भएका हुन् ।

साधारण सभाकाे अवसरमा समाजले भाेजपुर जिल्लालार्इ एउटा एम्बुलेन्स समेत हस्तान्तरण गरेकाे छ । नाै लाख १६ हजारमा खरिद गरेर जिल्लालार्इ एम्बुलेन्स हस्तान्तरण गरिएकाे हाे । कार्यक्रममा समाजका अध्यक्ष उमेशजंग थापा मगरले ३० लाख बराबरकाे जग्गा समाजकाे केन्द्रिय कार्यालय निर्माणका लागि प्रदान गरेका छन् ।

त्यस्तै थापाले थप २० हजार समेत समाजलार्इ प्रदान गरेका छन् । च्यांग्रेमा जाल्पादेवी मन्दिर निर्माणका लागि पर्शुराम काेइरालाले दुर्इ लाख ५० हजार उपलब्ध गराउने भएका छन् ।  समाजलार्इ लाल प्रसाद फुयाँलले दुर्इ लाख २० हजार, जानकी पराजुलीले पाँच हजार दिने घाेषणा गरेका छन् ।

कार्यक्रममा पुर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री कृपासुर शेर्पा, शसस्त्र प्रहरी प्रमुख दुर्ज कुमार रार्इ, जेम्स स्कुलका निर्देशक राजेश खड्का, समाजका पदाधिकारी, विभिन्न संघ संस्थाका प्रतिनिधी, कलाकार, पत्रकार लगायतकाे उल्लेख्य उपस्थिति रहेकाे थियाे । भाेजपुरकाे पूर्वी च्यांग्रे गाविसमा जन्मिएर काठमाडाैंमा बसाेबास गर्दे अाएका च्यांग्रेलीहरूले च्यांग्रे र भाेजपुरकाे विकासमा सघाउ पुर्याउनका लागि समाजकाे स्थापना गरेकाे अध्यक्ष उमेशजंग थापा मगरले जानकारी दिए ।  जस अनुरूमा समाजले विभिन्न सामाजिक गतिविधी गर्दे अाएकाे छ ।

याे पनि पढ्नुहाेस्

जब पर्यटन मन्त्री एम्बुलेन्स चालक बने…

छ कलाकार सम्मानित (फाेटाे फिचर)

प्रकाशित मिति: २५ भाद्र २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्