वुहानवाट फर्किएका विद्यार्थीलाई परिवारले १४ दिनसम्म भेटन नपाउने



काठमाडौँ, फागुन २
चीनको वुहानमा रहेका नेपाली विद्यार्थीलाई उद्दार गर्न शनिबार दिउँसो २: ४५ बजे नेपाल एयरलाइन्सको वाइडबडी जहाज चीनको वुहान जाने भएको छ ।

३ पाइलट, ६ क्याबिन क्रु, २ इन्जिनियर, १–१ जना फ्लाइट डिस्प्याचर र लोडमास्टरसहित नेपाली सेनाका चारजना चिकित्सक रहने छन् । वुहानबाट नेपाली विद्यार्थीलाई लिएर जहाज आइतबार बिहान २ः१५ बजे त्रिभुवन अन्तराष्ट्र्रिय विमानस्थलमा अवतरण गर्नेछ ।

विभानस्थलमा अवतरण गरेपछि ति विद्यार्थीलाई सिधै खरीपाटी लगिनेछ । खरीपाटी स्थित विद्युत प्राधिकरणको तालिम केन्द्रमा ति विद्यार्थीलाई १४ दिनसम्म राखिने भएको छ ।

ति विद्यार्थीको विभिन्न परिक्षण गरिने भएको छ भने १४ देखी १७ दिनसम्म उनीहरु क्वारेन्टाइनमा बस्नुपर्ने छ । १८० विद्यार्थीका लागि ६० कोठा तयारी अवस्थामा राखिएको छ भने ति विद्यार्थीका कुनै पनि अभिभावकले १४ दिनसम्म उनीहरुलाई भेटन पाउने छैनन् ।

स्वास्थ्य उपचारसंगै खानाको व्यवस्था पनि सरकारले गर्ने भएको छ भने चौविसै घण्टा स्वास्थ्यकर्मीमो निगरानीमा हुनेछन् । सरकारले ५० जना स्वास्थ्यकर्मीलाई विषेश तालिम दिएर राखेको छ । खरीपाटीका लागि ८६ जना चिकित्सक खटाईने भएको छ । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2020 Deshko News