भाेजपुरमा ४४ किलोमिटर यात्रा गर्न ११ घण्टा


 


behal sadak 8भाेजपुर, भदाै २७

महिला विकास कार्यालय, भोजपुरमा कार्यरत कर्मचारीहरु अञ्जना पोख्रेल, कल्पना बाँस्कोटा र अम्बिका खतिवडा तीज मनाएर सुनसरीबाट भोजपुर फर्कदै थिए । निश्चित समयको विदा अनि समयमा कार्यालय पुग्नु पर्ने चटारो । तर उनीहरु समयमा कार्यालय पुग्न सकेनन् ।

हिले हुँदै भोजपुर सदरमुकाम पुग्ने सडक सञ्चालन भएपनि अहिले सो सडकखण्डमा यात्रा गर्नु भनेको कुनै पापको सजाय पाउनु जस्तै भएको छ । तीनैजना महिला कर्मचारीले तीज मनाएर समयमा नै कार्यस्थलमा फर्कदा अलपत्र र सास्ती ब्यहोर्नुको कारण भनेको सडकको स्तर उन्नति नहुनु रहेको छ ।

हिलेदेखि भोजपुर जोड्ने नारदमणी थुलुङ्ग सहायक राजमार्गमा कालोपत्रे हुन नसक्दा विगत ८ वर्षदेखि वर्षातको समयमा दैनिक सयौं यात्रुले सास्ती पाउने गरेका छन् । धनकुटा, धरान हुँदै तराई पुग्न सकिने सो मार्गमा बस सेवा सञ्चालनमा छ ।

चरम्बी, प्याउली र तिवारी भञ्ज्याङ्गबीचमा पर्ने हिलाम्मे सडकमा दैनिक बस फस्ने गरेको कारण समस्या हुने गरेको छ । करिब ४४ किलोमिटरको कच्ची सडक हिलाम्मे भई गाडीहरु आवतजावत गर्न ११ घण्टासम्म लाग्ने गरेको छ ।

स्थानीय नोदनाथ त्रिताले सामान्यतय सो सडक पार गर्न अढाई घण्टा समय लागेपनि अहिले ११ घण्टासम्म लाग्ने गरेको बताए । हिलेदेखि दरमुकामसम्मको दुरी ६६ किलोमिटर मात्र रहेको छ ।

दैनिकजसो एक दर्जन सवारी साधानहरु स्काभेटरको सहयोगमा सडक पार गराउने गरेको सिद्धकाली यातायातका चालक ओम खत्रीले बताए । गत सोमवार भोजपुरबाट पौने ५ बजे हिँडेको बस ६६ किलोमिटर बाटो पार गरी धनकुटाको लेगुवाघाट पुग्न ११ घण्टा लागेको नेकपा एमाले जिल्ला सदस्य वीरजङ्ग राईले बताए ।

विहिवार मात्रपनि धरानबाट आएका चारवटा सवारी साधान प्याउली नजिक हिलोमा फस्दा १५० यात्रु अलपत्र परेका थिए । अपरान्ह २ बजे प्याउली आइपुगेका बसहरु स्काभेटरको सहयोगमा तिवारीभञ्ज्याङ्गसम्म ल्याइपु¥याउँदा राती ११ बजेको थियो ।

विहिवार धरानबाट ना ४ ख २४६७ को सिद्धकाली यातायात, ना ४ ख ३५२० को भोजपुरे सोल्टी, ना ४ ख ३३६९ को हाम्रो यातायातको बस तथा ना ५ ख ९० नम्बरको बस हिलोमा फँसेका थिए । सडकखण्ड छेउछाउ राम्रो होटलको प्रबन्ध नहुनु, भएको होटलले पनि चर्को मूल्य असुल्ने गर्दा यात्रुहरुलाई समस्या पर्ने गरेको छ ।

अझ महिला र बालबालिकालाई त झनै समस्या भएको यात्रुहरुको गुनासो छ । सरकारको प्राथमिकतामा परेको मध्यपहाडी लोकमार्गको मुख्य भागको रुपमा यो सडक परेपनि ठेकेदारको ढिलासुस्तीले सडक स्तरोन्नति र कालोपत्रे हुन सकेको छैन ।

सो सडक निर्माणको ठेक्का कन्काई इन्टरनेशलन विल्डर्स प्रालि, झापाले पाएको छ । ठेकेदार कम्पनीले तीन वर्ष अगाडिदेखि काम गर्दै आएपनि भुकम्प र भारतको नाकाबन्दीको कारण देखाएर म्याद थप गरेको छ ।

प्रकाशित मिति: २७ भाद्र २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्