उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा ढकालको उम्मेद्वारी घोषणा


 



काठमाडौं, फागुन १४
नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि चन्द्र ढकालले उम्मेद्वारी घोषणा गरेका छन्।

बुधबार राजधानीमा औपचारिक कार्यक्रमको आयोजना गरी ढकालले उम्मेदवारी घोषणा गरेका हुन। उम्मेदवारी घोषणा गर्दै उनले आफू महासंघको गौरवलाई थप उचाइमा पुर्‍याउने तथा निजी क्षेत्रको महत्वलाई नीति निर्माणमा स्थापित गर्न तत्पर रहने उनले बताए।

महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वतः अध्यक्ष हुनेछ।

तीन वर्षअघिको निर्वाचनमा महासंघको एशोसिएट उपाध्यक्षमा निर्विरोध निर्वाचित ढकालले वरिष्ठ उपाध्यक्षका देशभरका व्यवसायीहरुको समर्थन रहेको दाबी गरे।

महासंघलाई व्यावसायिक वातावरण निर्माण, साना तथा मझौला उद्योगलाई प्रबर्द्धन गर्ने पैरवी संस्थाका रुपमा अघि बढाउने उनले प्रतिबध्दता व्यक्त गरे।

ढकाल हाल वित्तीय क्षेत्रमा मात्र होइन जलविद्युत उत्पादन, सूचना प्रविधि, ट्राभल्स एण्ड टुर्स, सवारीसाधन विक्री, केबुलकार लगायत क्षेत्रमा छाएका छन् ।

ढकाल आइएमई ग्रुप, ग्लोबल आइएमई बैंक र चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष तथा डिस होम मिडिया प्रालिका प्रवर्द्धक हुन् ।

महासंघको वरिष्ठ उपाध्यक्षमा किशोर प्रधानले उम्मेद्वारी घोषणा गरिसकेका छन्। उनी यसअघि वरिष्ठ उपाध्यक्षमा पराजित भएका थिए।

प्रकाशित मिति: १४ फाल्गुन २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्