सुनको मूल्य घट्यो


 



काठमाडौं, फागुन १६
नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन आज तोलामा पाँच सय रुपैयाँ बट्दै प्रतितोला ७९ हजार दुई सय रुपैयाँमा झरेको छ । सुन हिजो प्रतितोला ७९ हजार सात सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

विश्व बजारमा सुनको मूल्य बढेपछि नेपालमा पनि प्रतितोला ८० हजार भन्दा माथि पुगेको सुनको मूल्य केही दिनदेखि विस्तारै घट्दैछ । विश्व बजारमा सुनको मूल्यमा उतार चढाव भएपछि नेपालमा पनि सोहीअनुसार सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँ बट्दै प्रतितोला आठ सय ८० रुपैयाँमा झरेको छ । चाँदी हिजो प्रतितोला ९ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी वयवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १६ फाल्गुन २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्