रेल र बस ठोक्किँदा तीसको मृत्यु


 


इस्लामावाद, फागुन १७ (एजेन्सी)

पाकिस्तानको दक्षिण भागमा पर्ने सिन्ध प्रान्तको सक्कुर जिल्लामा रेल र बस एक आपसमा ठोक्किँदा भएको दुर्घटनामा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या ३० पुगेको शुक्रबार अबेर राति एक सरकारी अधिकारीले जानकारी दिएका छन् ।

घाइते १५ को उपचारको क्रममा मृत्यु भएपछि मृतकको सङ्ख्या ३० पुगेको सुक्कुर जिल्लाका प्रहरी निर्देशक शफिक अहमदले बताउनु भएको छ ।

यस दुर्घटनामा ज्यान गुमाउने र घाइतेहरुमा महिला, बालबालिकाको सङ्ख्या धेरै रहेको एक सरकारी अधिकारीले जानकारी दिएका छन् ।

प्रहरी निरिक्षकका अनुसार पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराचीबाट पूर्वी रावलपिंडीतिर जाँदै गरेको पाकिस्तान एक्सप्रेस नामको यात्रुवाहक रेलले जिल्लाको रोहरी क्षेत्रनजिकैको कन्ध्र शहरको रेलवे मार्गमा बसलाई ठक्कर दिएको थियो ।

प्रकाशित मिति: १७ फाल्गुन २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्