अमेरिकामा कोरोना भाइरसले थप चारको ज्यान लिएपछि जताततै त्रासै त्रास!


 


काठमाडौं, फागुन २०
संयुक्त राज्य अमेरिकाको वासिङ्टनमा नाेबेल कोरोनाभाइरस काेभिड १९ को संक्रमणबाट थप चार जनाको मृत्यु भएपछि जताततै त्रासै त्रास फैलिएकाे छ। छ । योसँगै त्यहाँ यसको संक्रमणबाट मर्नेको सङ्ख्या ६ पुगेको छ ।कोभिड–१९ बाट अमेरिकामा ज्यान गुमाउने यी पहिलो केसहरु हुन् । संक्रमण फैलिएपछि वासिङ्टनले राज्यमा आपत्कालको घोषणा गरिसकेको छ ।

वासिङ्टनमा भएका पहिलो दुई मृत्युको अनुसन्धान गरिरहेका विज्ञहरुले हप्तौँदेखि भाइरस फैलिरहेको हुनसक्ने र यसबाट १५ सयभन्दा बढी प्रभावित भइरसकेको हुनुपर्ने अनुमान गरेका छन्।

वासिङ्टनको स्वास्थ्य अधिकारी केथी लोफीका अनुसार अहिले वासिङ्टनका दुई काउन्टी किङ र स्नोहोमिसमा भाइरसको संक्रमण ‘सक्रिय’ रुपमा फैलिरहेको देखिएको छ । अन्य ठाउँमा पनि भाइरसको संक्रमण फैलिरहेको हुनसक्ने उनले बताएकी छन् ।

कोरोनाभाइरसको संक्रमण भएका रोगीहरुलाई आइसोलेसनमा राख्न त्यहाँ एउटा होटल नै किन्ने तयारी भइरहेको छ । यो हप्ता अमेरिकामा तीव्र रुपमा कोरोनाभाइरसका रोगीहरुको सङ्ख्या बढेको छ । अहिलेसम्म देशमा आधिकारिकरुपमा ९१ जनामा यसको संक्रमण देखिएको छ ।

वासिङ्टन, क्यालिफोर्निया र ओरेगनमा कोरानाप्रभावित क्षेत्रमा यात्रा नगरेका र त्यस्तो क्षेत्रमा यात्रा गरेर आएकाहरुसँग सम्पर्कमा नरहेकामा पनि कोरोनाभाइरसको संक्रमण देखिएपछि स्वास्थ्य अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन् ।

कोरोनाभाइरसको संक्रमणबाट विश्वभरि ज्यान गुमाउनेको संख्या ३ हजार नाघेको छ । कोरोनाबाट सङ्क्रमित हुनेको सङ्ख्या ८६ हजार नाघेको छ । कोरोना भाइरसको संक्रमण विश्वव्यापी रुपमा फैलने जोखिम अति उच्च भएको विश्व स्वास्थ्य संगठनले चेतावनी दिइसकेको छ ।

कोरोना फैलने क्रम तीब्र भएकाले विश्वव्यापी जोखिम अति उच्च भएको डब्लूएचओले जनाएको छ । चीनको वुहानबाट सुरु भएको कोरानो भाइरसको संक्रमण युरोप र मध्यपूर्वमा पनि देखिएको छ । चीनपछि सबैभन्दा धेरै इरानमा २ सय ९० जनाको मृत्यु भएको छ । कोइराल र इटलीमा पनि कोरोनाको संक्रमण बढी देखिएको छ । खाडी मुलुकहरु मध्ये कुवेत, बहराइन, मलेसिया, यूएईमा पनि कोरोनाको संक्रमण देखिएको छ ।

कोरोना भाइरसको संक्रमण विश्वव्यापी रुपमा तीव्र रुपमा बिस्तार भएको र जोखिमको अवस्था उच्च बनेको विश्वस्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ । कोभिड–१९ को प्रभाव तथा जोखिमको अवस्था उच्च तहमा पुगेको डब्लुएचओको भनाई छ ।

विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण फैलिने जोखिम अति उच्च रहेको भन्दै डब्लुएचओले सतर्क रहन आग्रह गरेको छ । डब्लुएचओका प्रमुख डा. टेड्रोस अड्हनोम गेब्रियेसुसले कोरोना भाइरसलाई लिएर फैलिएको डर र गलत जानकारी सबैभन्दा ठूलो चुनौती रहेको बताएका छन् ।

विश्वका ५० भन्दा बढी देशमा कोरोना भाइरसको संक्रमण फैलिएको छ । जेनेभामा भएको पत्रकार सम्मेलनमा डा. टेड्रोसले अहिलेसम्म भाइरसहरु स्वतन्त्र रुपमा फैलिएको प्रमाण अहिलेसम्म फेला नपरेको बताए ।

सोमबार के–के भयो अमेरिकामा ?

– न्यूयोर्क गभर्नर एन्ड्रयु क्युमोले राज्यमा पहिलो कोरोनाभाइरस संक्रमित फेला परेको बताए । उनका अनुसार इरानबाट फर्किएकी ३९ वर्षीया स्वास्थ्यकर्मीमा यसको संक्रमण देखिएको हो । उनको पतिलाई पनि जाँच गरिदैछ ।

– फ्लोरिडामा इटालीबाट फर्किएका ६० वर्षीय पुरुष र २० वर्षीया युवतीमा यसको संक्रमण देखिएको छ ।

– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा औषधी निर्माता कम्पनीहरुसँग भेटेर यसविरुद्धको खोपको बारेमा छलफल गरे ।

प्रकाशित मिति: २० फाल्गुन २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्